Tuesday, May 20, 2025
70.4 F
Washington DC.

जाजरकोटमा दुई पटक भूकम्पको परकम्प , पहिलो ५.८ र दोस्रो ४.५ रेक्टर स्केलको झट्का

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पश्चिम नेपालको जाजकोटमा आज फेरि दुई पटक भूकम्प गएको छ । जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४ बजेर ३४ मिनेटमा पहिलो भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो परकम्प ५.८ रेक्टर स्केल मापन गरिएको छ । जाजरकोटको रामीडाँडा नै केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको परकम्प गएको बताइएको छ।

यसैगरी, पहिलो धक्का महसुस भएको ९ मिनेटपछि अपरान्ह ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर दोश्रो परकम्प महसुस गरिएको छ। दोस्रो परकम्प ४.५ रेक्टर स्केलको झट्का महसुस गरिएको थियो ।

यसअघि शुक्रबार राति जाजरकोटको रामीडाँडा नै केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भुकम्पबाट जाजरकोट र रुकुमपश्चिममा १ सय ५७ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका छन् । यसैगरी, धेरै ठूलो जनधनको नोक्सानी भएको छ।

थप विवरण प्राप्त हुन बाकी।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img