spot_img
Sunday, September 22, 2024
68.1 F
Washington DC.
spot_img

मंसिर २७ देखि काठमाडौँ महानगरभित्र सूर्तीजन्य वस्तु बिक्री र प्रयोगमा पूर्ण निषेध

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौँ महानगरपालिकाले प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका खैनि, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सूर्तीजन्य पदार्थहरुको बिक्री वितरण र प्रयोगमा मंसिर २७ गते देखि पूर्ण निषेध गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाले मंगलवार एक सूचना सार्वजनिक गर्दै भनेको छ- सूर्ति सेवनको निमित्त बनाईएको वा उत्पादन गरिएको चुरोट, विडि, सिंगार, तमाखु, सुल्फा, प्लाकष्टिकमा प्याक गरिएका कच्चा सूर्ति, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सूर्तिजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानीकारक भएकाले यो सूचना प्रकाशित भएको मितिले १५ दिन पछि काठमाडौं महानगरपालिका क्षेत्र भित्र बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएको जनाएको छ।

काठमाडौं महानगरपालिकामा रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायमशालाहरु, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरु लगायतका सार्वजनिक स्थलहरुमा धुम्रपान, चुरोट, विडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनि, गुट्खा, सूर्ति वा यस्तै प्रकारका सूर्तिजन्य पदार्थ लाई निषेध गर्न सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रष्ट व्यवस्था गरेको छ ।

काठमाडौँ महानगरपालिका जनस्वास्थय ऐन २०८० को दफा ४२ ले सूर्ति तथा मदिराजन्य पदार्थ बिक्री वितरणामा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालाकाहरुलाई बिक्री वितरण गराउन नपाईने, सार्वजनिक स्थलहरुको चारकिल्ला तोकी सो वरपर सूर्तिजन्य र जंक फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने कानूनी व्यवस्था रहेको छ ।

उपरोक्त कानूनी व्यवस्था हुदाँ हुँदै हालसम्म काठमाडौं महानगरपालिका क्षेत्रभित्र मदिरा, सूर्तिजन्य, पदार्थहरु बिक्री वितरण र उपयोग नियमन र नियन्त्रण प्रभावकारी नभएकोले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सूर्तिजन्य पदार्थको सेवनका कारण भुमि प्रदुषित हुने, ढल जामहुने, फोहोर मैला बढ्न गई शहरको सुन्दरतामा प्रतिकुलप्रभाव परेको महानगरले सूचनामा जनाएको छ ।

सूर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौ रकम खर्च भईरहेको अवस्था समेतलाई दृष्टिगत गरी पहिलो चरणमा प्लाष्टिकको बट्टामा प्याकेजिङ्ग गरिएका जस्तै खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सूर्तिजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुम्रपानलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन पछि काठमाडौं महानगरपालिका क्षेत्र भित्र बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएको छ । कसैले यो सूचनालाई अबज्ञा गरि बिक्री बितरण गरेको पाईएमा महानगर प्रहरी मार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानून अनुसार अधिकत्तम सजाय गरिने व्यहोरा समेत महानगरपालिकाले सूचित गराएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img