Friday, March 6, 2026
51.9 F
Washington DC.

कराँचीको सपिङ मलमा आगलागी, ११ जनाको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानको कराँची सहरको एक मलमा शनिबार आगलागी भएको छ । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। २२ जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

कराँचीका मेयर ब्यारिस्टर मुर्तजा वहाबले पाकिस्तानी सञ्चारमाध्यम ‘जियो न्यूज’लाई बताए अनुसार राशिद मिन्हास रोडमा रहेको आरजे मलमा आगलागी भएको हो। धेरै मानिस मल भवनमा फसेका छन् । दमकलले करिब ५० जनाको उद्धार गरेको छ । अहिले आगलागीको कारण खुल्न सकेको छैन ।

‘जियो न्यूज’का अनुसार कराँचीमा बनेका ९० प्रतिशत भवनमा फायर फाइटिंग सिस्टम छैन। यो घटनापछि जनताको सुरक्षामा सरकारमाथि प्रश्न उठेको समाचारमा जनाइएको छ।

‘जियो न्यूज’का अनुसार मल भवनमा कल सेन्टर र सफ्टवेयर हाउस पनि थियो । त्यहाँ एयर कन्डिसनर (एसी) २४ घण्टा चल्ने गरेको छ । आगलागीको कारण एसी भएको हुनसक्ने अग्नी नियन्त्रकहरुको अनुमान छ । यद्यपी आगलागीको वास्तविक कारण खुल्न बाँकी छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img