spot_img
Friday, May 17, 2024
61.5 F
Washington DC.
spot_img

कराँचीको सपिङ मलमा आगलागी, ११ जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानको कराँची सहरको एक मलमा शनिबार आगलागी भएको छ । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। २२ जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

कराँचीका मेयर ब्यारिस्टर मुर्तजा वहाबले पाकिस्तानी सञ्चारमाध्यम ‘जियो न्यूज’लाई बताए अनुसार राशिद मिन्हास रोडमा रहेको आरजे मलमा आगलागी भएको हो। धेरै मानिस मल भवनमा फसेका छन् । दमकलले करिब ५० जनाको उद्धार गरेको छ । अहिले आगलागीको कारण खुल्न सकेको छैन ।

‘जियो न्यूज’का अनुसार कराँचीमा बनेका ९० प्रतिशत भवनमा फायर फाइटिंग सिस्टम छैन। यो घटनापछि जनताको सुरक्षामा सरकारमाथि प्रश्न उठेको समाचारमा जनाइएको छ।

‘जियो न्यूज’का अनुसार मल भवनमा कल सेन्टर र सफ्टवेयर हाउस पनि थियो । त्यहाँ एयर कन्डिसनर (एसी) २४ घण्टा चल्ने गरेको छ । आगलागीको कारण एसी भएको हुनसक्ने अग्नी नियन्त्रकहरुको अनुमान छ । यद्यपी आगलागीको वास्तविक कारण खुल्न बाँकी छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img