Wednesday, April 9, 2025
52.2 F
Washington DC.

मध्य मेक्सिकोमा घातक भिडन्त हुँदा ११ जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मध्य मेक्सिकोको टेक्सकाल्टिटलान नगरपालिकामा शुक्रबार एक घातक भिडन्त हुदा कम्तिमा ११ जनाको मृत्यु भएको राज्य सुरक्षा सचिवालयले जनाएको छ।

मृतकमध्ये आठ जना भिडन्तमा संलग्न सशस्त्र समूहका सदस्य रहेको र बाँकी तीन स्थानीय बासिन्दा रहेको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय मिडियाले रिपोर्ट गरे अनुसार ल्याटिन अमेरिकामा प्रचलित जबरजस्ती फिरौतीको सामान्य अभ्यास “भूमि अधिकार” मा विवाद हुदा भिडन्त भएको थियो।

भिडन्त कथित रूपमा सशस्त्र समूह र समुदायका बासिन्दाहरू बीच असफल वार्ता पछि भएको थियो। स्थानीय मिडिया आउटलेट मिलेनियो द्वारा आपराधिक संदिग्धको रूपमा पहिचान गरिएको सशस्त्र समूहले कथित रूपमा उनीहरूले जग्गा अधिकारका लागि बासिन्दाहरूसंग लिने रकम बढाउने प्रयास गरेको थियो। वार्ता असफल भएपछी गोली हानाहान भएको थियो ।

प्रदेश सुरक्षा सचिवालयले घटनाको अनुसन्धान थालेको छ । यस घटनाले यस क्षेत्रमा भूमि अधिकार र संगठित अपराध सम्बन्धी जारी चुनौतीहरूलाई जोड दिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

७५ भन्दा बढी देशका लागि अमेरिकी ट्यारिफ ९० दिनका लागि स्थगन, चीनमाथि १२५% ट्यारिफ लगाइयो, वाल स्ट्रिट उकालो लाग्यो

वाशिङ्टन डी.सी. –राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लागिरहेको आयात ट्यारिफलाई ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका...

अन्य समाचार

- Advertisement -spot_img