Monday, May 19, 2025
70.1 F
Washington DC.

एकै व्यक्तिले जिते $८४२.४ मिलियन डलरको पावरबल ज्याकपट: इतिहासमा पाँचौं-सबैभन्दा ठूलो पावरबल पुरस्कार

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको मिशिगनका एक भाग्यशाली व्यक्तिलाई नयाँ वर्षले नयाँ भाग्य ल्याएको छ । मिशिगनका एकल  टिकट धारकले $८४२.४ मिलियन डलरको ठूलो पावरबल ज्याकपट जितेका छन् । सोमबार, जनवरी १,  २०२४ मा खोलिएको पावरबल इतिहासकै पाँचौं सबैभन्दा ठूलो पुरस्कार बताइएको छ ।

पावरबल नम्बर १ को साथ सोमबार राती खोलिएको पावरबलकोलागि विजयी संख्याहरू १२, २१ , ४२ , ४४ , ४९ थिए। पावर प्ले विकल्प ३X  थियो।

पावरबलका अधिकारीहरूका अनुसार भाग्यशाली एकल टिकट धारकले $८४२.४ मिलियनको वार्षिक राशी पुरस्कार वा $४२५.२ मिलियनको एकमुष्ट भुक्तानी बीचको छनोट गर्न पाउने छन् । दुबै पुरस्कार विकल्पहरू कर भन्दा अघिका हुन। विजेताको परिचय खुलाइएको छैन । 

पावरबल अधिकारीहरूले बताए अनुसार यदि विजेताले वार्षिकी विकल्प छनोट गर्छ भने, उनीहरूले एक किस्तामा तुरुन्त भुक्तानी प्राप्त गर्नेछन् र त्यसपछि २९ वार्षिक भुक्तानीहरू प्राप्त गर्नेछन् जुन प्रत्येक वर्ष ५  प्रतिशतले बढ्छ।  

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img