Sunday, May 18, 2025
70.1 F
Washington DC.

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सन् २०२४ को पहिलो दिन नै जापानलाई एक ठूलो भूकम्पले हल्लाएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार जापानमा सोमवार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । जापानी अधिकारीहरूले उत्तरपश्चिम तटीय क्षेत्रमा सुनामीको चेतावनी दिएका छन। जेएमएले भूकम्प इशिकावा र वरपरका प्रान्तहरूमा गएको जनाएको छ। साथै, जेएमएले पश्चिमी तटीय क्षेत्र निगाटा र तोयामा प्रान्तका लागि सुनामीको चेतावनी जारी गरेको छ।

जापानका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ । सोमबार साँझ ४ बजेर १० मिनेटमा भूकम्प गएको देशको मौसम विभाग- जेएमएले जनाएको छ । भूकम्पको केन्द्रविन्दु इशिकावाको नोटो क्षेत्रको वाजिमाबाट ३० किलोमिटर पूर्व-उत्तरपूर्वमा ३७.५ डिग्री उत्तर अक्षांश र १३७.२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। जापानी मौसम एजेन्सीले नोटो क्षेत्रमा ठूलो सुनामीको चेतावनी पनि जारी गरिएको जनाएको छ। जसमा देशको तटीय प्रान्त निगाता, तोयामा र इशिकावाका मानिसहरूलाई तुरुन्तै बाहिर जान भनिएको छ। जापानी सार्वजनिक प्रसारक एनएचकेले समुद्रमा ५ मिटरसम्म छाल उठ्ने चेतावनी दिएको छ ।

द जापान टाइम्सको रिपोर्ट अनुसार राजधानी टोकियो र कान्टो क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार सुनामीको चेतावनीपछि ५ मिटरसम्म छाल आउने सम्भावना रहेका कारण मानिसहरूलाई तटीय क्षेत्र छाड्न र उच्च उचाइमा जान आग्रह गरिएको छ। १ मिटरभन्दा अग्लो छालहरू इशिकावाको वाजिमा सहरको तटमा पुगेको एनएचकेले जनाएको छ।

ताजा अपडेट अनुसार, जापान सरकारले सुनामीको उच्च चेतावनी फिर्ता लिएको छ, जुन भूकम्पका कारण सोमबार बिहान जारी गरिएको थियो । तर, उच्च छालको खतराले समुन्द्री किनारमा बसोबास गर्नेहरुलाई तत्काल घर नफर्काउन भनिएको छ ।

जापानको नोटो क्षेत्रमा साँझ ५ बजेसम्म ११ वटा भूकम्प गएको बताइएको छ । भूकम्पपछि आणविक संयन्त्र सञ्चालक टेप्कोले भूकम्प प्रभावित क्षेत्रमा आफ्ना संरचनामा कुनै क्षति भए नभएको अनुसन्धान गरिरहेको छ । यो जापानमा पछिल्ला केही वर्षयताकै शक्तिशाली भूकम्प हो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img