spot_img
Thursday, May 2, 2024
89.3 F
Washington DC.
spot_img

राष्ट्रिय पोशाक एवं टोपी दिवस र यसको महत्व

सम्बन्धित समाचार

सोमबार अङ्ग्रेजी नयाँ वर्ष २०२४ । नयाँ वर्षलाई नयाँ जोश, उमंग र नयाँ काम थालनीको लागि शुभ साईतका रुपमा लिने गरिन्छ। नेपालीले नयाँ वर्ष वैशाख १ गते मनाउने चलन छ। तर अहिले आधुनिकिकरणले गर्दा नयाँ पुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई प्राथमिकता दिएको पाइन्छ। यसमा पनि नेपालीपन मिसाउनकालागि “मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मुल नारा लिएर वि.सं. २०७० साल पौष १७ गतेका दिन देखी काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको  राष्ट्रिय पोशाक दिवस मनाउने चलन चल्दै आएको छ।

नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । यसपाली काठमाडौंसहित विश्वभरी नै छरिएका नेपाली भाषीहरुले राष्ट्रिय पहिचान झल्काउने कार्यक्रमसहित ११औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ ।

टोपी हाम्रो गर्व गर्ने शिरको पोशाक हो । हाम्रो राष्ट्रिय गौरव, पहिचान, चिनारी र प्रतीकको रुपमा रहेको टोपी दिवस हाम्रो खुशी हो। यो दिवसलाई निरन्तररुपमा चलाउन सकियो भने सम्पूर्ण नेपाली र आउने पिढीलाई यसको महत्त्व थाहा हुन्छ। टोपीप्रति गर्व गर्ने बानी बढ्दै जान्छ। तर अचेल आधुनिकीकरणले गर्दा टोपी लगाउने बानी हराउँदै गएको छ।

भाइटीकामा ढाकाटोपी

ढाकाटोपीलाई नेपाली समाजको पहिचानका रुपमा मानिन्छ। यसलाई नेपाली समुदायले आफ्नो आस्थाको प्रतीक समेत मान्दै आएको छ।

अर्कोतिर, भाइटिकामा माइतीको टाउको खाली राख्नु हुँदैन । यहि कारणले भाइटीकाका दिन दिदिबैनीले दाजुभाइको शिरमा टोपी पहिर्याइदिने गर्दछन।

त्यसो त ढाका टोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध छ । यसमा हामी आफ्नोपन पाउँछौ । कतै हामीलाई चिनाउनु परे ढाका टोपी हाम्रो मानक बन्छ। यो हाम्रो आफ्नै उत्पादन हो । यो हाम्रो आफ्नै रचना हो । यो हाम्रो आस्थाको प्रतिक हो ।

गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरङ्गी टीका र शिरमा ढाकाटोपीले हरेक दाजुभाइ भाइटीकाका दिन सजिने गर्छन। तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई भाइटिकामा ढाकाटोपी उपहार दिने प्रचलन छ। भाइटीकाका दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यता छ ।

अर्कातर्फ, ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव हो । ढाकाटोपी केवल शिर ढाक्ने वस्त्रका रूपमा मात्र नभएर नेपालीको पहिचान हो । आस्थाको प्रतीक पनि हो । भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी लगाइदिने चलन अझै विद्यमान छ । यसको खास अर्थ छ। टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने प्रतीकात्मक सन्देशसहित ढाकाटोपी उपहार दिइन्छ ।

ढाकाटोपी नेपालीको कला, धर्म, संस्कृतिसित समेत जोडिएको छ । धार्मिक कार्यका दौरान निधार तथा शिर खाली राख्नु हुँदैन भन्ने मान्यता अनुसार नेपाली समाजमा हरेक शुभ कार्यपश्चात् ढाकाटोपी लगाउने गरिन्छ । त्यसैमा आधारित रहेर भाइटीकाको दिन हरेक दिदीबहिनीले दाजुभाइलाई ढाकाटोपी लगाइदिने चलन छ ।

पाल्पाली ढाकाटोपी

नेपालीहरू ढाका टोपीलाई सांस्कृतिक प्रतीकका रुपमा मान्दछन  साधारणतया चाडपर्व र ठूला अवसरहरूमा नेपालीहरूले यो टोपी लगाउँछन्।

राजा महेन्द्र वीर विक्रम शाहदेवको पालामा ढाकाटोपी बढी मात्रामा प्रचलनमा आएको थियो। त्यसबेला नेपालको सरकारी कार्यालयमा काम गर्ने सबैलाई नेपाली पोशाक अनिवार्य थियो । त्यसमा ढाका टोपी पनि पर्दछ ।

यतिबेला नेपाली युवामा दौरा सुरुवाल र ढाका टोपीको महत्व बढेको छ, स्वःस्फूर्त रुपमा ‘राष्ट्रिय पोशाक दिवस’ मनाउन थालेका छन् । हरेक वर्षको पुस १७ गते अर्थात् अंग्रेजी नयाँ वर्षको दिनलाई नेपाली पोशाक दिवसका रुपमा मनाउँदै काठमाडौं लगायत देशका विभिन्न ठाउँमा युवाले परम्परागत पोशाक लगाएर प्रदर्शन तथा झाँकी निकाल्न थालेका छन् ।

आधुनिकताको नाममा हामीले कति परम्परागत विधी विधानलाई लत्याउँदै आएका छौ। पछिल्लो समय आफ्नै मूलुकको उत्पादन र पहिचान मानिदै आएको ढाका टोपी पनि यसैको मारमा परेको छ।अहिले चेलीले माइतीलाई ढाका टोपी होइन अन्य लत्ताकपडा दिने चलन बढन थालेको छ। आफ्ना दाजुभाईको शिर टोपी झैँ उच्च रहोस भनी भाइटिकामा दिइने ढाका टोपी उपहारलाई अन्य लत्ता कपडा तथा ग्याजेटहरुले प्रतिष्थापित गर्दै आएको छ।

आधुनिकताको बेगमा बगेर यसको महत्वलाई अबमुल्यन गर्नु हुदैन। आफ्नो शिप, कला र परम्पराको सरक्षण र सम्बर्दन गर्न टोपी लगाउने परम्परालाई निरन्तरता दिनु पर्दछ।। 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अमेरिकी सिनेटद्वारा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयोर्कासलाई सफाइ , महाभियोगलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार

बुधबार, अप्रिल १७, २०२४ को एक ऐतिहासिक सत्रमा, अमेरिकी सिनेटले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासको महाभियोगलाई खारेज गर्दै आरोपहरूलाई...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img