spot_img
Saturday, September 21, 2024
72.1 F
Washington DC.
spot_img

नयाँ वर्षको दिन जापानको नोटो प्रायद्वीप हल्लियो: भूकम्पपछि १२०० भन्दा बढी परकम्पन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जापानको इशिकावा प्रिफेक्चरको नोटो प्रायद्वीपमा नयाँ वर्षको दिनमा आएको शक्तिशाली भूकम्प गएपछि भूकम्पको शृंखलाले हल्लाएको छ। एककेएच संचार माध्यमका अनुसार , प्रायद्वीपमा भूकम्प पछिको हप्तामा सात-बिन्दु भूकम्पीय तीव्रता मापनमा कम्तिमा १ रेक्टरको १२१४ भूकम्पका परकम्पनहरू रेकर्ड गरिएको छ ।

जापानको मौसम विज्ञान एजेन्सीले भूकम्प पछिको हप्तामा शक्तिशाली भूकम्पको परकम्पनहरू आउने चेतावनी दिएको थियो, यो भविष्यवाणी दुर्भाग्यवश पूरा भएको छ। क्षतिको मापन अझै स्पष्ट छैन। मुख्यतया वाजिमा र सुजु सहरहरूमा ठूलो क्षति भएको जनाइएको छ। क्षतिग्रस्त सडक र सञ्चारका कारण केही क्षेत्रमा उद्धारकर्ताहरू पुग्न नसकेको बताइएको छ ।

० देखि ४ डिग्री सेल्सियस (३२ देखि ३९.२ डिग्री फरेनहाइट) को हिउँ र चिसो तापक्रमले स्थिति थप बिग्रन सक्ने चेतावनी दिइएको छ । सुजु र वाजिमामा क्रमशः १२ र ९ सेन्टिमिटर (४.७ र ३.५ इन्च) हिउँ पर्दा हजारौं घरधुरी बिजुली र पानीविहीन भएका छन् । यसले जारी भूकम्पीय गतिविधिको बीचमा भवन भत्कने जोखिम बढाएको छ र भूकम्प प्रभावित क्षेत्रहरूमा राहत सहायता पुर्‍याउन महत्वपूर्ण सडक मर्मतको प्रयासमा ढिलाइ भइरहेको स्थानिय संचार माध्यमले जनाएका छन् ।

जनवरी १ मा, नोटो प्रायद्वीपको सुजु सहर नजिकै ७.६ म्याग्निच्युडको एक शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि श्रृंखलाबद्व पराकम्पनहरू गएका छन । भूकम्पका कारण भवनहरू ध्वस्त भएका छन् र २३,९०० भन्दा बढी घरमा बिजुली नभएको जनाइएको छ। आणविक पावर प्लान्टमा भूकम्पबाट कुनै असर नपरेको बताइएको छ। सन् १८८५ आएको ठूलो भूकम्प पछि नोटो प्रायद्वीप क्षेत्रको लागि यो सबैभन्दा शक्तिशाली भएको बताइन्छ ।

भूकम्पबाट कम्तिमा १६१ जनाको ज्यान लिएको छ, जसमा १०३ जना अझै बेपत्ता छन्। इशिकावाका २८,८०० भन्दा बढी मानिसहरूलाई सरकारी सेल्टरमा राखिएको बताइएको छ । भूकम्प पिडितहरुको उद्वारका लागि जापानको सेल्फ डिफेन्स फोर्सले ५,९०० उद्धारकर्मीहरूलाई विपद् राहत कार्यमा सहयोग गर्न खटाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img