spot_img
Saturday, September 21, 2024
72.1 F
Washington DC.
spot_img

‘लिटिल बुद्ध’ रामबहादुर बम्जन पक्राउ, यौन दुर्व्यवहारको आरोप

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको छ । सर्लाही अदालतले पक्राउ पुर्जी जारी गरेपछि बमजन पाँच वर्षदेखि फरार थिए ।

उनले आफ्नो आश्रममा तीन युवतीलाई यौन दुर्व्यवहार गरेको र प्रहरीले छापा मार्ने क्रममा झ्यालबाट हाम फालेर पक्राउ गर्नबाट जोगिने प्रयास गरेको आरोप छ। उनलाई आज मंगलबार काठमाडौंको बुढानिलकण्ठस्थित एक घरबाट पक्राउ गरिएको हो ।

विगत बर्षहरूमा महिनौंसम्म खाना, पानी वा निद्राविना ध्यान गरेको भनी र्चचा बटुल्न सफल भएका रामबहादुर बम्जनलाई शुरूदेखि नै विवादित व्यक्ति मानिदै आएका थिए । उनले आफ्ना केही अनुयायीहरूलाई शारीरिक र यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ। जुलाई २०२० मा उनीविरुद्ध जिल्ला अदालत सर्लाहीमा यौन शोषणको मुद्दा दायर भएको थियो । बम्जनलाई उनका चारजना चेला बेपत्ता पारेको आरोपमा पनि अधिकारीहरूले खोजेका थिए।

रामबहादुर बम्जन पक्राउ भए पश्चात उनीमाथि लागेका यौन दुर्व्यवहारको आरोपमा चलिरहेको अनुसन्धानमा सहयोग पुग्ने अधिकारिहरूले बताएका छन ।

अनुयायीमाथि यौन शोषण लगायतका विभिन्न आरोपमा विगत केही वर्षदेखि अधिकारीहरुले उनको खोजी गरिरहेका थिए । बम्जनको गिरफ्तारीले पीडित र तिनका परिवारलाई केही राहत मिल्नेछ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img