spot_img
Friday, May 17, 2024
61.5 F
Washington DC.
spot_img

प्रहरीले गर्‍यो पक्राउ परेका ‘लिटिल बुद्ध’ रामबहादुर बमजनलाई सार्वजनिक, ३ करोड ३४ लाख बरामद

सम्बन्धित समाचार

काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बमजनलाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बमजनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई सार्वजनिक गरेको हो। विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाण बराबरको नेपाली रुपैयाँ बरामद भएको सीआईबीले जनाएको छ । साथै प्रहरीले उनको साथबाट  मोबाइलमात्रै १४ थान बरामद गरेको छ। बमजनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ।

२०७१ श्रावनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले  यौन शोषण गरेको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् ।  बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६/१०/२३ अनुमति दिएको भएपनि बम्जन लामो समय देखि फरार थिए।

मंगलबार सीआईबीले उनी बसेको बुढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । त्यस क्रममा उनी २ तला माथिबाट हामफालेर भाग्ने प्रयास गरे पनि सफल हुन सकेनन्।

शक्तिकेन्द्रहरुलाई प्रभावित पारेर बारा, सिन्धुली र सिन्धुपाल्चोक लगायत ठाउँमा सार्वजनिक सम्पत्ति ओगटेर रजगज चलाइरहेका उनी केही समययता बेपत्ताजस्तै थिए ।उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट २ वटा ल्यापटप र ५ वटा आईप्याड तथा ट्याब पनि प्रहरीले बरामद गरेको छ।

बमजनलाई आजै  (बुधबार)  सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img