Thursday, April 17, 2025
50.2 F
Washington DC.

साइमन ह्यारिस आयरल्याण्डको नयाँ प्रधानमन्त्री हुदै , सबैभन्दा कान्छो सांसद सदस्यबाट कान्छो प्रधानमन्त्रीसम्मको यात्रा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बुधवार, आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले अचानक देशको शीर्ष पदबाट राजीनामा दिएपछि आइतबार, सत्तारुढ दल फाइन गेलका सदस्यहरूले सिमोन ह्यारिसलाई निर्विरोधसँग आफ्नो नेता चयन गरे पछि ह्यारिस अब आयरल्याण्डको कान्छो प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

ह्यारिस ३७ वर्षका छन्, जसको अर्थ उनी आयरल्याण्डको सबैभन्दा कान्छो प्रधानमन्त्री हुनेछन्।उनले गत बुधबार अचानक आफ्नो पदबाट राजीनामा दिएका लियो वराडकरको स्थान लिनेछन्। यसअघि भारतीय मूलका लियो वराडकरले सबैभन्दा कान्छो प्रधानमन्त्रीको उपाधि पाएका थिए। वराडकर पहिलो पटक २०१७ मा प्रधानमन्त्री बनेका थिए, त्यसबेला उनी ३८ वर्षको थिए।

साइमन ह्यारिस आइतबार पार्टी नेतृत्वमा निर्विरोध निर्वाचित भएपछि उनले फाइन गेलको नेता बन्नु “मेरो जीवनको सम्मान” भएको बताए। उनले आफूलाई विश्वास गर्ने र निर्वाचित गर्ने पार्टी र जनतालाई धन्यवाद दिए र आफूले कडा परिश्रम गरेर त्यो विश्वास कायम राख्ने बताए।

आगामी वर्ष आयरल्याण्डमा संसदीय निर्वाचन हुँदैछ । अर्थात् उनको कार्यकाल एक वर्षभन्दा बढी हुने छैन । आयरिश संसदको बैठक अप्रिल ९ मा सुरु हुनेछ। ह्यारिसले यसअघि आफ्नो क्याबिनेटमा कुनै निर्णय लिने अपेक्षा गरिएको छैन। यसअघि आइतवार, फाइन गेल पार्टीको नेतृत्वको लागि उम्मेदवारी स्थानीय समय अनुसार दिउँसो १ बजे बन्द भएको थियो। उम्मेदवारीको अन्तिम समयमा साइमन ह्यारिस मात्र पदका लागि उम्मेदवार थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img