spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

सिड्नी सपिङ मलमा छुरा प्रहार, पाँच जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सिड्नीको वेस्टफिल्ड सपिङ मलमा शनिबार दिउँसो भएको छुरा प्रहारबाट पाँच जनाको मृत्यु हुनुका साथै नौ महिनाका बालकसहित आठ जना घाइते भएका छन् ।

न्यू साउथ वेल्सका सहायक आयुक्त एन्थोनी कुकले घटनापछि पत्रकार सम्मेलनमा मृत्यु र घाइते भएको पुष्टि गरेका छन् । कुकलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार घाइतेहरूलाई सिड्नीका विभिन्न अस्पतालहरूमा लगिएको छ, जसमा धेरैको अवस्था गम्भीर छ। घाइतेहरूको परिचय खुलाइएको छैन।

अधिकारीहरूले आक्रमणकारीलाई पहिचान गरेको र पछि प्रहरीले गोली हानेर मारेको थियो। उनीहरुको परिचय भने खुलाइएको छैन ।

बीबीसीको रिपोर्ट अनुसार आक्रमणकारीहरू दिउँसो ३ः१० मा मलमा प्रवेश गरेको र दस मिनेट पछि, ३ः२० मा, छुरा प्रहार गरेपछि मलबाट बाहिरिएका थिए । त्यसपछि सयौं स्टोरहरूमा किनमेल गर्न आएका मान्छेहरू घटनास्थलबाट बाहिरिएका थिए। प्रहरीले बाँकी मान्छेहरूलाई मलबाट बाहिर निकालेको थियो।

घटनामा दर्जनौं एम्बुलेन्सहरूले घाइतेहरूलाई ओसारेको थियो। न्यू साउथ वेल्स प्रहरी बलले आक्रमणको कारणबारे अनुसन्धान गरिरहेको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img