Friday, March 6, 2026
53.4 F
Washington DC.

सिड्नी सपिङ मलमा छुरा प्रहार, पाँच जनाको मृत्यु

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सिड्नीको वेस्टफिल्ड सपिङ मलमा शनिबार दिउँसो भएको छुरा प्रहारबाट पाँच जनाको मृत्यु हुनुका साथै नौ महिनाका बालकसहित आठ जना घाइते भएका छन् ।

न्यू साउथ वेल्सका सहायक आयुक्त एन्थोनी कुकले घटनापछि पत्रकार सम्मेलनमा मृत्यु र घाइते भएको पुष्टि गरेका छन् । कुकलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार घाइतेहरूलाई सिड्नीका विभिन्न अस्पतालहरूमा लगिएको छ, जसमा धेरैको अवस्था गम्भीर छ। घाइतेहरूको परिचय खुलाइएको छैन।

अधिकारीहरूले आक्रमणकारीलाई पहिचान गरेको र पछि प्रहरीले गोली हानेर मारेको थियो। उनीहरुको परिचय भने खुलाइएको छैन ।

बीबीसीको रिपोर्ट अनुसार आक्रमणकारीहरू दिउँसो ३ः१० मा मलमा प्रवेश गरेको र दस मिनेट पछि, ३ः२० मा, छुरा प्रहार गरेपछि मलबाट बाहिरिएका थिए । त्यसपछि सयौं स्टोरहरूमा किनमेल गर्न आएका मान्छेहरू घटनास्थलबाट बाहिरिएका थिए। प्रहरीले बाँकी मान्छेहरूलाई मलबाट बाहिर निकालेको थियो।

घटनामा दर्जनौं एम्बुलेन्सहरूले घाइतेहरूलाई ओसारेको थियो। न्यू साउथ वेल्स प्रहरी बलले आक्रमणको कारणबारे अनुसन्धान गरिरहेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img