spot_img
Thursday, May 2, 2024
71.6 F
Washington DC.
spot_img

बाइडेन प्रशासनद्वारा २ लाख ७७ हजार ॠणीहरूका लागि व्यापक $ ७.४ बिलियन बरावरको विद्यार्थी ऋण रद्द गर्ने घोषणा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाका राष्ट्रपति जो बाइडेनले २ लाख ७७ हजार ॠणीहरूका लागि व्यापक $ ७.४ बिलियन बरावरको विद्यार्थी ऋण रद्द गर्ने घोषणा गरेका छन्। यस निर्णायक कार्यले बाइडेन प्रशासन अन्तर्गत ऋण राहतबाट लाभान्वित भएका अमेरिकीहरूको कुल संख्या ४.३ मिलियनमा पुगेको छ।

बाइडेन प्रशासनद्वारा हाइलाइट गरिएका मुख्य उपलब्धिहरूमा एक दशकमा अधिकतम पेल अनुदानमा सबैभन्दा ठूलो वृद्धि, शिक्षक, नर्सहरू र प्रहरी अधिकारीहरू जस्ता सार्वजनिक सेवाका कर्मचारीहरूलाई राहत प्रदान गर्न सार्वजनिक सेवा ऋण माफीको बृहत परिमार्जन समावेश गरेको छ। कलेजहरूलाई शोषणकारी अभ्यासहरूका लागि जवाफदेही बनाउने उपायहरूसमेत अवलम्वन गरिएको ह्वाइट हाउसको विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति बाइडेनले उच्च शिक्षालाई पहुँचयोज्ञ र किफायती बनाउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै भने, “मेरो प्रशासनको पहिलो दिनदेखि मैले उच्च शिक्षालाई अवसरको बाधा नबनाइ मध्यम वर्गका लागि राहत मिलोस भन्ने सुनिश्चित गर्न लड्ने वाचा गरेको थिए। रिपब्लिकन निर्वाचित अधिकारीहरूले हामीलाई रोक्न प्रयास गरे पनि म विद्यार्थी ऋण रद्द गर्नको लागि काम गर्न कहिल्यै छोड्ने छैन।”

यस साहसी कदमले प्रभावित ॠणीहरूकालागि महत्त्वपूर्ण आर्थिक राहत प्रदान गर्ने अपेक्षा गरिएको छ र शिक्षाको आर्थिक बोझ कम गर्न प्रशासनको समर्पणको प्रमाण भएको प्रतिक्रिया आएको छ। बाइडेन प्रशासनको यस निर्णयमा प्रशंसा र आलोचना दुवै भेटिएको छ, समर्थकहरूले आर्थिक अनिश्चितताको समयमा यो कदमलाई आवश्यक हस्तक्षेपको रूपमा प्रशंसा गरेका छन भने आलोचकहरूले दीर्घकालीन वित्तीय प्रभावहरूमाथि प्रश्न उठाएका छन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अमेरिकी सिनेटद्वारा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयोर्कासलाई सफाइ , महाभियोगलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार

बुधबार, अप्रिल १७, २०२४ को एक ऐतिहासिक सत्रमा, अमेरिकी सिनेटले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासको महाभियोगलाई खारेज गर्दै आरोपहरूलाई...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img