Saturday, July 25, 2026
82 F
Washington DC.

४ करोड मूल्य बराबरको कोकिनसहित विदेशी नागरिक ठमेलबाट पक्राउ

सम्बन्धित समाचार

४ करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक काठमाडौँको ठमेलबाट पक्राउ परेका छन्। आइभरीकोस्टका ३५ वर्षीय नागरिक वारामा कोनलाई १ किलो ८८ ग्राम कोकिन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको हो।

उक्त कोकिनका क्याप्सुलहरू निजले खेलौना भित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीको भनाइ छ।

अभियुक्त उक्त क्याप्सुलहरू नाइजेरियाबाट निलेर इथियोपियाबाट दोहा हुँदै काठमाडौँ आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

निज उपर लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।

SourceINS
समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img