spot_img
Wednesday, November 6, 2024
67.9 F
Washington DC.
spot_img

रवि लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

उनले फेसबुकमा लेखेका छन्, “सरकार मर्यो, हामीलाई जुठो पर्यो!! तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी??”

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। शुक्रबार जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी गरेको हो।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय विशेष छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा लामिछानेको संलग्नता देखिएको भन्दै सोही प्रतिवेदनको आधारमा प्रहरीले अनुसन्धान गर्न अदालतसँग पक्राउ अनुमति मागेको थियो, जसलाई कास्की जिल्ला अदालतले स्वीकृति दिएको हो।

लामिछानेका पूर्वसाझेदार तथा पूर्वडीआईजी छविलाल जोशी यसअघि नै सोही सहकारी प्रकरणमा पक्राउ परिसकेका छन्। जोशीको बयानकै आधारमा लामिछानेलाई पक्राउ गर्ने निर्णय लिइएको बताईन्छ।

पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफूले कानुनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफू निर्दोष रहेको दाबी गर्दै, शक्तिशाली व्यक्तिहरूले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन्।

उनले फेसबुकमा लेखेका छन्, “सरकार मर्यो, हामीलाई जुठो पर्यो!! तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी??” उनले ठूलाठूला भ्रष्टाचारमा संलग्न व्यक्तिहरू खुलेआम हिँडिरहँदा आफूलाई सहकारी ठगीको आरोप खेप्नुपरेको गुनासो गरेका छन्। लामिछानेले भनेका छन्, “मैले कहिल्यै भागेर हिँडिन, न त हिँड्नेछु।”

उनले वर्तमान सरकारका नेता तथा राजनीतिक शक्तिहरूले सहकारी क्षेत्रको भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन्। उनले भने, “तपाईँहरूकै नेता/कार्यकर्ता प्रमाणित सहकारी ठग हुन्, कोही जेलमा छन्, कोही फरार छन्। तपाईँहरू तिनलाई जोगाउन लागिपर्नुभएको छ। अब तपाईँहरूबाट पीडितले न्याय पाउने आशा छैन। त्यसैले सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं।”

लामिछानेले न्यायालयप्रति भरोसा राख्दै आफू निर्दोष प्रमाणित हुने विश्वास व्यक्त गरेका छन्। साथै, उनले आफ्नो पार्टीका समर्थकहरूलाई सन्देश दिँदै भनेका छन्, “प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईँको सभापतिले कसैलाई ठगेको छैन।”

लामिछानेविरुद्धको यो मुद्दाले नेपालको राजनीतिक वृत्तमा खैलाबैला मच्चाएको छ। रास्वपा पार्टी पारदर्शिता र भ्रष्टाचारविरोधी अभियानको पक्षमा रहेको हुँदा, उनका समर्थकहरूले यो मुद्दा राजनीतिक पूर्वाग्रहका कारण लगाइएको आरोप भएको दाबी गरेका छन्। अबको कानुनी प्रक्रिया र मुद्दाको फैसलाले लामिछानेको भविष्य निर्धारण गर्नेछ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

इलेक्टोरल कलेज: अमेरिकी राष्ट्रपति निर्वाचनको अनौठो प्रणाली र यसको प्रभाव

अमेरिकी राष्ट्रपति निर्वाचनमा धेरै पटक यस्तो देखिन्छ कि उम्मेदवारले धेरै जनमत पाएर पनि हार्छन्। यसको मुख्य कारण हो इलेक्टोरल...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img