spot_img
Monday, December 23, 2024
27.1 F
Washington DC.
spot_img

रवि लामिछानेविरूद्ध ठगी र सम्पत्ति शुद्धीकरणको कसूरमा मुद्दा दर्ता, सांसद पद स्वतः निलम्बन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कास्की जिल्ला अदालतमा आइतबार सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर आरोपमा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय कास्कीले दर्ता गरेको अभियोगपत्रमा लामिछानेले सूर्यदर्शन सहकारीबाट ३ करोड ३७ लाख ६५ हजार रुपैयाँको बचत रकम अपचलन गरेको आरोप लगाएको छ। सोही रकम बराबरको बिगो समेत माग गरिएको छ।

यससँगै, सरकारी वकिल कार्यालयले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबी गरेको छ। दुबै मुद्दा जोड्दा, लामिछानेमाथि कुल ३० करोड ७१ लाखभन्दा बढी रकमको बिगो माग गरिएको छ।

श्रीमती निकिता पौडेलमाथि पनि सम्पत्ति जफतको माग

स्रोत नखुलेको रकम असुल गर्न रवि लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेलको सम्पत्ति पनि जफत गर्न माग गरिएको छ।

सांसद पद स्वतः निलम्बन

सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वतः निलम्बनमा परेको छ। ऐनअनुसार, कुनै पनि पदाधिकारी, राष्ट्र सेवक, वा कर्मचारीमाथि मुद्दा दर्ता भएमा, सो मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बन हुने प्रावधान छ।

ऐनको व्यवस्थाअनुसार निलम्बन

सम्पत्ति शुद्धीकरण ऐनमा भनिएको छ, “प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी थुनामा रहेमा वा दफा २२ अन्तर्गत मुद्दा दायर भएमा मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बन भएको मानिनेछ।”

यो मुद्दाले नेपाली राजनीतिमा ठूलो चर्चा बटुल्ने संकेत गरेको छ। अदालतको फैसलापछि यसले लामिछानेको राजनीतिक करियर र सार्वजनिक छविमा गम्भीर प्रभाव पार्न सक्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

राष्ट्रपति बाइडेनद्वारा संघीय मृत्युदण्डमा रहेका ३७ व्यक्तिका सजाय माफी

वासिङ्टन, डी.सी. – राष्ट्रपति जो बाइडेनले सोमबार संघीय मृत्युदण्डमा रहेका ३७ व्यक्तिका मृत्युदण्ड सजाय माफी गरी उनीहरूको सजायलाई बिना...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img