Thursday, April 17, 2025
60.6 F
Washington DC.

दक्षिण कोरियामा विमान दुर्घटना: २८ जनाको मृत्यु, उद्धार कार्य जारी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा २८ जनाको ज्यान गएको पुष्टि भएको छ। दुर्घटनाग्रस्त विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्यसहित कुल १८१ जना सवार थिए।

दुर्घटना अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर भएको संचारमाध्यमहरूले बताएका छन। चिप्लिएपछि विमानमा आगलागी भएको बताइएको छ। समाचार एजेन्सी योनहापका अनुसार अहिलेसम्म २८ जनाको मृत्यु पुष्टि भएको छ भने दुई जनालाई जीवितै उद्धार गरिएको छ।

दुर्घटनामा परेको विमान जेजु एयरको हो, जुन थाइल्याण्डको बैंककबाट फर्किँदै थियो। दुर्घटनाको समयमा विमानस्थलमा खराब मौसमको कारण धावनमार्ग चिप्लो भएको आशंका गरिएको छ।

संचारमाध्यमका अनुसार विमानस्थलमा उद्धार कार्य तीव्र रूपमा भइरहेको छ। रोयटर्सले उद्धार गरिएका दुईजनालाई गम्भीर अवस्थाका कारण नजिकको अस्पतालमा लगिएको जानकारी दिएको छ।

दक्षिण कोरियाली अधिकारीहरूले घटनाको विस्तृत अनुसन्धान सुरु गरेका छन्। यस दुर्घटनाले विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यस दुर्घटनालाई हालसम्मको गम्भीर विमान दुर्घटनामध्ये एकका रूपमा व्याख्या गरेका छन्। उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img