spot_img
Wednesday, January 8, 2025
26.5 F
Washington DC.
spot_img

अपडेटः दक्षिण कोरियामा विमान दुर्घटना: १७७ जनाको मृत्यु, २ जीवित उद्धार

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको विमान दुर्घटनामा १७७ जनाको मृत्यु भएको छ। जेजु एयरको बोइङ ७३७-८०० विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य गरी १८१ जना सवार थिए। विमान थाइल्याण्डको बैंककबाट मुआन आइरहेको थियो।

अवतरणको क्रममा विमानको ल्यान्डिङ गियर नखुलेपछि धावनमार्गमा चिप्लिएर विमान धावनमार्गबाट बाहिर निस्किएर पर्खालमा ठोक्किएको थियो। ठोक्किएपछि विमानमा आगलागी भएको थियो। उद्धारकर्मीहरूले दुई चालक दलका सदस्यलाई जीवितै उद्धार गरेका छन्, तर बाँकी सबैको मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ। प्रारम्भिक रिपोर्टहरूमा अवतरणको क्रममा चरा ठोक्किएर ल्यान्डिङ गियरमा समस्या आएको आशंका गरिएको छ। यस दुर्घटनाले दक्षिण कोरियामा पछिल्लो दुई दशकयताकै सबैभन्दा ठूलो हवाई दुर्घटनाको रूपमा चिनिएको छ।

दुर्घटनापछि मुआन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ र आगामी जनवरी १ सम्म सञ्चालनमा नआउने बताइएको छ। जेजु एयर र बोइङ कम्पनीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको पूर्ण अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -spot_img

ताजा समाचार

तिब्बतको शक्तिशाली भूकम्पबाट १२६ जनाको मृत्यु, हजारौं घर ध्वस्त

चीनको दुर्गम तिब्बत क्षेत्रमा मंगलबार बिहान आएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको छ भने १८८...

अन्य समाचार

- Advertisement -spot_img