spot_img
Tuesday, January 7, 2025
30.8 F
Washington DC.
spot_img

सानो लगानी, ठूलो बचत: महिनामा १,००० थप्दा कसरी घरको ऋण चाँडो तिर्न सकिन्छ?

सम्बन्धित समाचार

परिचय

व्यक्तिगत आर्थिक ब्यवस्थापनमा सानो परिवर्तनहरूले ठूलो प्रभाव पार्न सक्छ। यस्तो परिवर्तन जसमा आफ्नो घरको मासिक मोर्टगेजको भुक्तानी बढाउदा पाइन्छ । यस ब्लग पोस्टमा कसरी महिनामा १,००० डलर थप्दा तपाईंको मोर्टगेज ऋण चाँडो तिर्न सकिन्छ र ब्याजमा ठूलो बचत गर्न सकिन्छ भन्ने विश्लेषण गरिएको छ। यसलाई सहज र बुझ्नसक्ने बनाउन एउटा उदाहरण प्रस्तुत गरी विश्लेषण गरिएको छ।

उदाहरण

हामीले अमेरिकाको भर्जिनियामा बस्ने घरधनीलाई उदाहरणको रूपमा लिउँ। उनले अप्रिल २०१२ मा ३० वर्षको निश्चित दरको मोर्टगेज ऋण लिएर घर किनेका थिए। ऋणको रकम $३५०,००० थियो र ब्याज दर ३.५% थियो। जुलाई २०२४ मा, ऋणको ब्यालेन्स $२२५,००० थियो र उनी मासिक $२,००० किस्ता तिर्छन। घरधनी अहिले ५० वर्षका छन्।

योजना

जुलाई २०२४ मा, घरधनीले आफ्नो मासिक मोर्टगेज भुक्तानीमा थप १,००० थप्ने निर्णय गर्छन्, जसले गर्दा कुल मासिक भुक्तानी ३,००० पुग्छ। अब विश्लेषण गरौ कि यो थप भुक्तानीले ऋण तिर्ने समय , ब्याजमा बचत र घरधनीको उमेरमा के असर पुर्याउँछ।

अवस्था १: $२,००० मासिक भुक्तानी जारी राख्दा

• ऋणको ब्यालेन्स (जुलाई २०२४): २,२५,०००

• ब्याज दर: ३.५%

• मासिक भुक्तानी: २,०००

यदि घरधनीले $२,००० प्रति महिना भुक्तानी जारी राख्छन् भने, यो ऋण लगभग १३ वर्ष र ६ महिना भित्र तिर्न सकिन्छ। यसको मतलब, मोर्टगेज जनवरी २०३८ सम्म पूर्ण रूपमा तिर्न सकिन्छ। घरधनीको हालको उमेर ५० वर्ष भएमा, उनी लगभग ६४ वर्षका हुनेछन् जब मोर्टगेज तिरेर सकिन्छ।

अवस्था २: $३,००० मासिक भुक्तानी बढाउँदा

• ऋणको ब्यालेन्स (जुलाई २०२४): २,२५,०००

• ब्याज दर: ३.५%

• मासिक भुक्तानी: ३,०००

यदि मासिक भुक्तानी $३,००० मा वृद्धि गरिन्छ भने, ऋण लगभग ६ वर्ष र ६ महिना भित्र तिर्न सकिन्छ। यसको मतलब, मोर्टगेज जनवरी २०३१ मा पूर्ण रूपमा तिर्न सकिन्छ। घरधनीको हालको उमेर ५० वर्ष भएमा, उनी लगभग ५७ वर्षका हुनेछन् जब मोर्टगेज तिरेर सकिन्छ।

ब्याजमा बचतको तुलना

आउनुहोस्, दुईवटै परिस्थितिमा कुल ब्याजको तुलना गरौँ:

परिस्थिती १ (थप भुक्तानी नगरी):

• कुल ब्याज तिर्ने रकम: लगभग १,३७,०००

परिस्थिती २ (थप भुक्तानी गर्दा):

• कुल ब्याज तिर्ने रकम: लगभग ४५,०००

यदि महिनाको $१,००० थप भुक्तानी गरिन्छ भने, घरधनीले कुल $९२,००० ब्याजको बचत गर्न सक्नेछन्।

प्रभाव

दुईवटै परिस्थितिमा कस्तो फरक पर्छ भन्ने कुरा निकै चकित पार्ने कुरा हो। यदि मासिक भुक्तानीमा $१,००० थप गरिन्छ भने, घरधनीले आफ्नो मोर्टगेज ७ वर्ष पहिले तिर्न सक्छन् र ब्याजमा ठूलो बचत गर्न सक्छन्। यसप्रकार आफ्नो आर्थिक व्यवस्थापन समयमै गरेमा लामो समयको ऋणको दबाब र तनाव पनि कम गर्दछ।

निष्कर्ष

धेरै घरधनीहरूका लागि, मोर्टगेजलाई चाँडो तिर्ने उपायहरू खोज्नु भनेको ठूलो आर्थिक फाइदा हो। यस उदाहरणले देखाउँछ कि मासिक भुक्तानीमा सानो वृद्धि गर्नाले ठूलो प्रभाव पार्न सक्छ। यदि तपाईं पनि यस्तै स्थितिमा हुनुहुन्छ भने, आफ्नो बजेटको पुनरावलोकन गर्नुहोस् र विश्लेषण गर्नुहोस कि तपाईंले थप भुक्तानी गर्न सक्नुहुन्छ कि सक्नुहुन्न।

तपाईंको घर मोर्टगेज भुक्तानीको अनुमान/विश्लेषण गर्नको लागि अनलाइन मोर्टगेज क्याल्कुलेटर प्रयोग गर्न सक्नुहुन्छ। यहाँ केही विश्वसनीय मोर्टगेज क्याल्कुलेटरको लिङ्कहरू छन्:

१. Bankrate मोर्टगेज क्याल्कुलेटर

२. Zillow मोर्टगेज क्याल्कुलेटर

३. NerdWallet मोर्टगेज क्याल्कुलेटर

यी क्याल्कुलेटरहरूमा तपाईंलाई ऋण रकम, ब्याज दर, ऋण अवधिका साथै अन्य विवरणहरू दिएर मासिक भुक्तानी र कुल मोर्टगेज खर्चको अनुमान गर्न मद्दत पुर्याउँछ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -spot_img

ताजा समाचार

ओडारभित्रको २९ वर्षको व्यापारिक सफलता

दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । विसं...

अन्य समाचार

- Advertisement -spot_img