Friday, March 6, 2026
51.9 F
Washington DC.

अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

द कार्टर सेन्टरका अनुसार, अमेरिकाका ३९औँ राष्ट्रपति र नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको आइतबार, डिसेम्बर २९ मा आफ्नो जन्मथलो प्लेन्स, जर्जियास्थित घरमा परिवारको घेरामा शान्तिपूर्ण निधन भएको छ। १०० वर्षको उमेरमा उनी अमेरिकी इतिहासकै सबैभन्दा लामो उमेरसम्म बाच्ने राष्ट्रपति थिए।

राष्ट्रपति कार्टरले आफ्नो छोरा-ज्वाइँहरु — ज्याक, चिप, जेफ र छोरी एमीका साथै ११ नातिनातिनी र १४ पनातिनातिनीलाई पछाडि छोडेका छन्। उनको निधनअघि ७७ वर्षसम्म सँगै रहेका उनकी प्रिय पत्नी रोजलिन र एक जना नातिको निधन भइसकेको थियो।

“मेरो बुबा मेरा लागि मात्र होइन, शान्ति, मानवअधिकार र निस्वार्थ प्रेममा विश्वास गर्ने सबैका लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो,” उनका छोरा चिप कार्टरले भने। “मेरो दाजुभाइ, दिदी र मैले उहाँलाई यसै विश्वासको साझा भावनाको माध्यमबाट विश्वसँग बाँडेका थियौँ। उहाँले संसारलाई एकताबद्ध गराउनुभएको छ, र हामी उहाँको स्मृतिलाई सम्मान दिनका लागि यी साझा मूल्यहरूलाई निरन्तर रूपमा आत्मसात् गरिदिन सबैलाई अनुरोध गर्दछौँ।”

कार्टरले १९७७ देखि १९८१ सम्म राष्ट्रपतिको रूपमा सेवा गर्दै मानवअधिकार, कूटनीति र वातावरणीय संरक्षणमा प्रतिबद्धता जनाएका थिए। राष्ट्रपतिको कार्यकालपछि उनले आफ्नो जीवन मानवीय सेवामा समर्पित गर्दै द कार्टर सेन्टरमार्फत शान्ति निर्माण, लोकतन्त्र प्रवर्द्धन र रोग निर्मूलका अभियान सञ्चालन गरे।

अन्तिम श्रद्धाञ्जली कार्यक्रम

राष्ट्रपति कार्टरको सम्मानमा सार्वजनिक कार्यक्रमहरू एटलान्टा र वाशिंगटन, डी.सी. मा आयोजना गरिनेछ, जसपश्चात् निजी अन्त्येष्टि कार्यक्रम प्लेन्स, जर्जियामा हुने द कार्टर सेन्टरले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img