spot_img
Tuesday, January 7, 2025
30.8 F
Washington DC.
spot_img

सिर्जना- विवेकको हृदयविदारक प्रेम कथा: प्रेम, समर्पण र वियोगको अमिट उदाहरण

सम्बन्धित समाचार

आजको सामाजिक सञ्जालमा, जहाँ प्रायः सतही सम्बन्ध र क्षणिक ट्रेन्डहरू हावी छन्, सिर्जना सुवेदी र उनका स्वर्गीय पति बिबेक पंगेनीको कथा लाखौँको लागि प्रेरणादायक स्रोत बनेको छ। इन्स्टाग्रामदेखि युट्युब शर्ट्ससम्म सिर्जना- विवेको प्रेम र समर्पण क वियोगयो यात्रा धेरैको आँखामा आँसु ल्याउने एक मार्मिक कथा बनेको छ।

बलियो प्रेम र त्यागको कथा

नेपालको बर्दिया घर भएका विवेक पंगेनी, जर्जिया विश्वविद्यालयका पीएचडीका विद्यार्थी थिए। विवेक र उनकी पत्नी सिर्जना सुवेदीले सामाजिक सञ्जालमा खुसीयाली जीवनका रमाइला क्षणहरू साझा गर्दै विवाहको आदर्श उदाहरण प्रस्तुत गर्थे। तर, २०२२ आमा निधन भएपछि नेपाल गएका बेलामा विवेकलाई चौथो चरणको ब्रेन क्यान्सर भएको थाहा भयो र त्यस खबरले उनीहरूको जीवनलाई ठूलो मोडमा ल्यायो।

विवेकलाई क्यान्सर त्यो पनि चौथो अवस्थाको खबर पाएपछि, सिर्जनाले आफ्नो जीवनसाथीसँग हरेक पल बलियो भएर उभिने निर्णय गरिन्। उनीहरू दुवै अमेरिका फर्किए र विवेकको औषधी उपचारमा ध्यान केन्द्रित गरे। विवेकले आफ्नो रोगसँग संघर्ष गरी रहदा दुवैजना सामाजिक सञ्जालबाट अचानक गायव भएका थिए।

२०२३ जुन ५ मा, करिब ११ महिनाको मौनतापछि, सृजनाले एउटा भावुक भिडियो सेयर गरिन्। भिडियोमा उनी र बिबेक एउटै बेन्चमा बसेको देखिन्थ्यो। तर, भिडियोमा सबैको मन चिर्ने कुरा थियो – भिडियोमाथि लेखिएको थियो, “Me to my 4th stage cancer patient husband,”। यो सन्देशले लाखौँलाई भावुक बनायो।

सामाजिक सञ्जालमा भाइरल समर्पणको कथा

विवेकको उपचारका समयमा, सिर्जनाको इन्स्टाग्राम फलोअर्स बढेर ७५२,००० पुग्यो। यतिवेला उनको फलोवर्स १२ लाख बढि पुगेको छ। उनले विवेकको लागि आफ्नो कपाल काट्ने, अस्पतालमै जन्मदिन मनाउने, र उनको हरेक खुसीमा सहभागी हुनेजस्ता क्रियाकलापले सबैको मन जित्यो।

उनको साहस र समर्पणले देखायो कि कसरी साँचो प्रेमले कठिन परिस्थितिमा पनि मनोवल बढाउन सकिन्छ। विवेक अस्पतालमा हुंदा र सिर्जनाले सामाजिक संजालमा राखेका फोटोहरूमा मानिसहरूले प्रार्थनाले भरिएका कमेन्ट गर्दै चमत्कारको आशा व्यक्त गर्दथे ।

हृदयविदारक बिदाई

२०२४ डिसेम्बर १९ मा, बिबेक पंगेनीको ३२ वर्षको उमेरमा निधन भयो। यो खबरले केवल सिर्जनालाई मात्र होइन, लाखौँ शुभचिन्तकलाई गहिरो शोकमा डुबायो।

निधनको केही दिनपछि हिन्दू परम्परा अनुसार विधि गर्दै गरेको अवस्थामा सिर्जनाको सेतो सारीमा रहेको एउटा भावुक भिडियो सार्वजनिक भयो। भिडियोमा उनी आफ्नो दिवंगत पतिको कालो-सेतो तस्बिर अगाडि विधि गरिरहेकी थिइन्। तस्बिर पहेँलो फूलको मालाले सजाइएको थियो। सेतो कपडाको सारीमा परम्परागत विधिमा सिर्जनाको अनुहारमा गहिरो पीडा झल्किन्थ्यो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रशंसकहरूको माया र समर्थन

यो भिडियो भाइरल भएपछि, प्रशंसकहरूले सामाजिक सञ्जालमा सिर्जनाप्रति व्यापक समर्थन र सहानुभूति व्यक्त गरेका छन।एक प्रयोगकर्ताले लेखे, “यस जन्मको मुना र मदन।”अर्काले भने, “उनको पीडा व्यक्त गर्न शब्दहरू नै अभाव छन्। भगवानले उनलाई बल दिनुहोस्।”

प्रेम, त्याग र समर्पणको अनन्त प्रेरणा

सिर्जना र बिबेकको कथा केवल प्रेम र वेदनाको कथा होइन; यो त्याग, समर्पण र साँचो प्रेमको शक्तिको प्रतीक हो। पतिप्रति सिर्जनाको समर्पणले संसारलाई बुझाउन सफल भएको छ कि साँचो प्रेम कठिनाइका बीच पनि अमर रहन्छ।

सिर्जना र बिबेकको यस सत्य कथाले प्रेमको साँचो अर्थलाई पुनः परिभाषित गरेको छ।

(तस्विर क्रेडिटः माथिका सबै तस्विरहरू सिर्जना सुवेदीको इन्ष्टाग्रामबाट साभार)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -spot_img

ताजा समाचार

ओडारभित्रको २९ वर्षको व्यापारिक सफलता

दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । विसं...

अन्य समाचार

- Advertisement -spot_img