spot_img
Thursday, November 21, 2024
39.4 F
Washington DC.
spot_img

पतंजलि योगपीठको टिभी उद्घघाटन प्रकरण र सौता आएझै बर्बराएका नेपाली मूलधारे मिडियाहरु

सम्बन्धित समाचार

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालगायतले पतंजलि योगपीठ नेपालले प्रसारणको तयारी थालेको आस्था नेपाल र पतंजलि नेपाल टिभीको उद्घघाटन गरे पश्चात विवादमा तानिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेको पतंजलि योगपीठ नेपाल अन्तर्गतको दुई टीभी च्यानलले नेपाल सरकारबाट प्रसारणकालागि इजाजतपत्र नै नपाएको नेपाली मूलधारे मिडियाहरुको आरोप छ।

नेपालमा टेलिभिजन प्रसारणकालागि सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले इजाजत दिने गर्छ। विभागको उच्च श्रोतबाट यी दुई टीभी च्यानलले प्रसारणका लागि स्वीकृति नपाएको भन्ने जानकारी चुहिएपछि यातिबेला नेपाली मूलधारका मिडियाहरु सौता आएझै रन्थनिएका छन् ।

भारतीय जनता पार्टीसँग निकट पतञ्जली आयुर्वेदका योगगुरू तथा प्रमुख लगानीकर्ता रामदेव र पतञ्जलीका अध्यक्ष आचार्य बालकृष्ण टिभी उद्घाटन गर्न आएका थिए।

योगगुरू रामदेवले नेपालमा समेत आयुर्वेदको व्यापार गर्दै आएका छन् भने उता भारतमा मोदी सरकारको निकट रहेर राजनीति पनि गर्ने गरेको आरोप छ।

पतंजलिले दुई टीभी च्यानल सञ्चालनकालागि अनुमति मागेर आवेदन नै नदिएको र यसरी इजाजत नलिई टेलिभिजन सञ्चालन गर्नु गैह्रकानुनी भएको विभागका श्रोतले मूलधारे मिडियाहरुलाई उचाले पछि सौता आएको झैँ गरी मुलाधारे टेलिभिजनहरु बर्बराउन थालेका छन्। 

उता, पतंजलि योगपीठ नेपालका तर्फबाट आईटी इन्चार्ज सन्दीप वाल्मीकिले एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन् – “पतंजलि नेपाल टिभी र आस्था नेपाल टिभी संचालन अनुमतिका सम्बन्धमा पतंजलि योगपीठ नेपालको संचालक समितिको मिति २०७८/३/१० मा बसेको संचालक समितिको बैठकले टिभी संचालन सम्बन्धि निर्णय गरी मिति २०७८/०८/०३ मा कम्पनी रजिष्टारको कार्यालयबाट प्रमाणिकरण समेत भएको र ततपश्चात थप अनुमतिका लागि प्रकृया समेत अगाडि बढाइएको जनाएको छ।”

हाल टिभी प्रसारण नगरिएको र केवल प्राबिधिक तयारीको क्रममा रहेको व्यहोरा पतंजलि योगपीठले बिज्ञप्ति मार्फत जानकारी गराएको छ।

साईतकालागि टिभि भवनको उदघाटन गरिएको तर प्रशारण गर्ने , संचालन गर्ने कार्य भने हाल नगरिएको जानकारी गराउदै नेपाल सरकारको नीति , नियम कानूनको अधिनमा रही नियमानुसार अनुमति प्राप्त भए पश्चात मात्र टिभी संचालन गरिने ब्यहोरा पतंजलि योगपीठ नेपालले प्रेस बिज्ञप्ति मार्फत स्पष्ट पारेको छ। 

हतारमा केहि मिडियाहरुले स्पष्ट नबुझी भ्रामक सूचना सप्रेषण गरेकोमा पतंजलि योगपीठ नेपालले दुख ब्यक्त  गरेको छ।

पतंजलि योगपीठ नेपालले आफ्ना दुई टिभिको लगानीबारे कुनै उल्लेख गरेको छैन।

पतंजलि आश्रममा आयोजित टिभि च्यानल उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि जनता समाजवादी पार्टीका संयोजक उपेन्द्र यादव र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र नीधि, कृष्ण सिटौला, चित्रलेखा यादव र सुजाता कोइरालासम्म जम्मा भएका थिए।

मण्डिखाटारस्थित पतंजलि योगपीठ नेपालको आश्रममा नै यी दुई टिभि का कार्यालयहरु स्थापना गरिएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

नेपालबाट बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात सुरू, पहिलो पटक डलरमा व्यापार

नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात गरेर विद्युत व्यापारको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नेपालका ऊर्जा,...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img