Tuesday, May 20, 2025
68.4 F
Washington DC.

क्यालिफोर्नियामा ‘शुक्रबारे गन्थन’ को लोकार्पण सम्पन्न

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बिकल्प फाउन्डेसन र प्रोजेक्ट इन्टरटेन्मेन्टको संयुक्त तत्वावधानमा प्रमोद अमात्यको ‘शुक्रबारे गन्थन’ पुस्तकको एक कार्यक्रमका बीच लोकार्पण भएको छ । बिकल्प फाउन्डेसनका निर्मल फुँयाल, कवि स्वस्तिका स्वस्ति र साहित्यकार डा. टीका लम्सालले ‘शुक्रबारे गन्थन’ गन्थनमात्र नभएर मन्थन र चिन्तन पनि भएको विचार राख्नु भएको थियो । कार्यक्रम ग्युटो फाउन्डेसन गुम्बा (बौद्ध मन्दिर)को शान्त र सौम्य सामुदायिक सभाकक्षमा सामाजिक दूरीको ख्याल राख्दै संचालन गरिएको थियो।

किताबका लेखक प्रमोद अमात्यले पुस्तकको गर्भ कथा हँसिलो रसिलो शैलीमा सुनाउनु भएको थियो । साथै, कवि स्वस्तिका स्वस्तिले पुस्तकका विभिन्न रोचक पङ्तिहरू पढेर पनि सुनाउनु भएको थियो।

कार्यक्रमको दोस्रो चरणमा अति रोचक, नयाँ पुस्ताका युवा कविहरूको स्लाम कविता वाचन (स्टान्डिङ पोइट्री रिसाइटेसन) गरिएको थियो । आधुनिक शैलीका सशक्त कविता र कविता वाचनले दर्शक र श्रोताहरूको मन जित्न सफल भएको थियो।

थप आकर्षणका रूपमा निता आचार्यले टीका कुमार पुनको शब्द र बिबि अनुरागीको ताजा गीत सुनाएर मनोरञ्जन प्रदान गर्नु भएको थियो।

शुक्रबारे गन्थन बिएन पुस्तक संसारले प्रकाशन गरेको हो भने यसमा सम्पादन विमल भौकाजीको रहेको छ । पुस्तक नेपाल, अमेरिका र क्यानाडामा उपलब्ध भएको किताबका लेखक प्रमोद अमात्यले जानकारी गराउनु भयो।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img