spot_img
Friday, September 20, 2024
75.8 F
Washington DC.
spot_img

बताससंग सहकार्य गर्ने सस्था सहित न्याकले उठाएको ५० हजार डलर अलपत्र, अक्सिजन प्लान्ट फ्रान्समै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालमा कोरोना कहरको दोश्रो लकडाउनताका अक्सिजनको ब्यापक अभावका कारण प्रवासका नेपालीहरु चिन्तित भए। मातृभूमी नेपालको सहयोगकालागि अमेरिकाका नेपाली समूदाय जुर्मुराउनु स्वाभाविक थियो।

नेपालमा विपत पर्दा प्रवासमा च्याउ झैँ उम्रेका सामाजिक सस्थाहरु जुर्मुराउने गर्दछन। धेरै थोरै सस्थाहरु राम्रा छन् तर अधिकांस सस्थाहरु प्रचारमुखी छन् र आफ्नो पहिचानकालागि यस्तो मौका गुमाउन चाहादैनन।

यसै शिलशिलामा भर्जिनियामा सामूदायिक भवन निर्माण र संचालनकालागि स्थापना गरिएको अमेरिका नेपाल सामूदायिक केन्द्र (न्याक) ले नेपालमा अक्सिजन प्लान्ट निर्माणकालागि दान सहयोग जुटाउन सामाजिक संजाल फेसबुक लगायत अन्य माध्यमले ब्यापक क्याम्पेन चलायो। 

न्याकका एक पदाधिकारीबाट प्राप्त विशेष जानकारी अनुसार अक्सिजन प्लाण्ट निर्माणकालागी निको फाउन्डेसन, भर्जिनियासंग सहकार्य गरी ५० हजार अमेरिकि डलर उठाइएको थियो। तर, यो सहयोग रकम कुन प्रकृयाले र कसरी बतास समूह सहितको अन्य छ सस्थाहरु संलग्न समूहमामा गयो भन्ने बारेमा सबै चकित छन्।

५० हजार डलर यसरी उठाइयो

नेपालमा दोश्रो लक डाउन भए संगै अक्सिजनको अत्याधिक अभाव खट्कियो। यस्तो विषम परिस्थितिमा अक्सिजन नपाएरै धेरैको ज्यान जान सक्ने देखि आफ्ना तर्फबाट केहि सहयोग उठाई एउटा अक्सिजन प्लान्ट नेपालमा निर्माण गर्न सके केहि राहत मिल्ने देखि न्याक र निको फ़ाउण्डेशनले संयुक्तरुपमा समूदायमा सहयोगको याचना गरे, अन्तत ५० हजार डलरको सहयोग उठाउन सफल भए।

स्मरण रहोस, यति बेला यस सहकार्यमा संलग्न निको फ़ाउण्डेशनलाइ गत् सेप्टेम्बर २०२१ देखि भर्जिनिया राज्यको  राज्य निगम आयोग (State Corporation Commission ) क्लर्क सूचना प्रणालीले  “निस्कृय” (Inactive) सस्थाका रुपमा राखेको छ।

अमेरिकाको भर्जिनिया राज्यमा राज्य निगम आयोग (State Corporation Commission ) ले सस्था दर्ता गर्दछ। आयोगको नियमानुसार दर्ता भएका सस्थाहरुले प्रतेक बर्ष तोकिए अनुसारको रिपोर्ट र नबिकरण दस्तुर बुझाएर सस्था नविकरण गर्नु पर्ने प्राबधान रहेको छ।  हेर्नुहोस – फोटो स्क्रीनसर्ट (२/१२ /२०२२ बिहान ६ :३० ):  

कहाँ गयो ५० हजार डलर :

भर्जिनियावासीले अक्सिजन प्लाण्ट निर्माणकालागी  न्याक र निको फाउन्डेसनलाइ दिएको सहयोग ५० हजार अमेरिकि डलरको खोजी ग्लोबल न्यूज ब्रेकले गरेको छ।

न्याकका एक पदाधिकारीका अनुसार शुरुमा उक्त रकम भर्जिनियामा दर्ता भएको मिसन रिबुल्ड नेपाल नामक नन प्रोफ़िक्ट सस्थालाई दिने निर्णय भएको थियो। मिसन रिबुल्ड नेपालका अध्यक्ष डा मदन उप्रेती नै न्याकका पनि अध्यक्ष भएकाले सस्था भित्र ‘कन्फ़्लिक्ट अफ इन्ट्रेस’  हुने भनि सस्थामा विवाद भए पश्चात त्यस रकमलाई अमेरिका नेपाल मेडिकल फाउन्डेसन (ANMF) लाइ दिइएको न्याकका अर्का पदाधिकारीले जानकारी दिएका छन्। 

अमेरिका नेपाल मेडिकल फाउन्डेसनलाइ दिइएको भनिएको ५० हजार डलर मिसन रिबुल्ड नेपाल र विवादित व्यवसायिक सस्थाको फाउन्डेसन – बतास फाउन्डेसन सहितको समूहमा मिसाइएको त हैन भन्ने भर्जिनियाबासीहरु बीचमा यस अघि चर्चा चुलिएको थियो।

यस प्रकरणमा मिसन रिबुल्ड नेपालले जारि गरेको सूचनामा सहकार्य गर्ने सस्थाहरुमा बतास फाउन्डेसन समेत उल्लेख गरेकाले भर्जिनिया बासीहरुको अनुमान सहि देखिन्छ। हेर्नुहोस मिसन रिबुल्ड नेपालले जारि गरेको सूचना:

मिसन रिबुल्ड नेपालका अनुसार फ्रान्सबाट आउनु पर्ने १० थान अक्सिजन प्लाण्ट नेपाल भित्राउन हवाई कार्गो व्यबस्थाको ढिलाईले अझै सम्म आइ नपुगेको जनाएको छ।

दोहोरो भूमिकामा रहेका डा. उप्रेतीले यहि व्यहोराको जानकारी न्याकको बैठकलाई दिएका छन्। हेर्नुहोस न्याकको माइन्युटको अंश :

उता बिभिन्न मिडियामा बतास फाउन्डेसनले समेत सोहि जानकारी गराएको छ र यस कार्यमा सहकार्य गर्ने सस्थामा एक मिसन रिबुल्ड नेपाल भएको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले पनि मिडियाहरु समक्ष पुष्टि गरेका छन् – हेर्नुहोस यो भिडियो

कोरोना संक्रमित बिरामीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै दोस्रो चरणको लकडाउन ताका नेपालका एक विवादित व्यवसायि बतास समूहले आफ्नो फाउन्डेसन मार्फत अक्सिजन प्लान्ट निर्माणको अग्रसरता लिएको थियो। यति बेला नारायणहिटी रेस्टुरा लगायत अनेकौ प्रकरणमा बतास समूह मुछिएको छ।

बतासका तर्फबाट आनन्दराज बतास र मिसन रिबुल्ड र न्याकका तर्फ बाट डा. मदन उप्रेतीले दिएको जानकारी आपसमा मिलेको छ। अर्थात, आपसी साझेदारीमा  फ्रान्सबाट आउनु पर्ने १० थान अक्सिजन प्लाण्ट नेपाल भित्राउन हवाई कार्गो व्यबस्थाको ढिलाईले अझै सम्म आइ नपुगेको दुबैले कबुल गरेका छन।

फ्रान्सबाट १० थान अक्सिजन प्लान्ट नेपालमा भित्रिए पश्चात सात वटै प्रदेशमा त्यसको जडानको ठेक्का कसलाई दिइएको थियो सो बारेमा खोजी जारी रहेको छ।

साझेदार सस्थाहरु बिचमा अक्सिजन प्लान्टको बाडफाड यसरी गरिएको थियो  

तलका छ सस्थाहरुले यस आयोजनामा अक्सिजन प्लाण्ट खरिदमा सहकार्य गरेका छन् भने मिसन रिबुल्ड नेपालले सबै संग समन्वयको जिम्मा लिएको देखिन्छ। यसरी ठुलो संख्यामा अक्सिजन प्लाण्ट खरिद गर्दा सस्तो पर्न आएकोले छ सस्थाहरु संग सहकार्य गर्नु परेको जानकारी प्राप्त भएको छ।

बतास फ़ाउण्डेशन – ४

अमेरिका नेपाल मेडिकल फ़ाउण्डेशन – २ (यसमा न्याक र इकोले उठाएको सहयोगमा १ थान समावेश)

स्याकार ट्रेडिङ्ग – १

जगदम्वा स्टिल -१

क्रियशियन, नेपाल -१

हुमिनिटि फ़ाउण्डेशन-१

मिसन रिबुल्ड नेपाल- समन्वय

मिसन रिबुल्ड नेपालले सहकार्य गर्ने छ सस्थाहरु , फ्रान्स स्थित भेण्डर, कार्गो कम्पनि र सरकारी निकायसंग समन्वय गर्ने जिम्मा लिएको देखिन्छ।  – हेर्नुहोस स्क्रिनसर्ट  

यसप्रकार न्याक र निको फाउन्डेसनले उठाएर नेपाल मेडिकल फाउन्डेसनलाइ दिएको भनिएको ५० हजार डलर तथा बतास समूह लगायत त्यसमा मिसिएका अन्य साझेदार सस्थाहरुको लगानी यति बेला सम्म अलपत्र परेको छ भने आपतका समयमा जडान गरिसक्नु पर्ने अक्सिजन प्लान्ट फ्रान्समा अझै रोकिनुले यसतर्फ दाताहरुको चासो बढेको छ।

यस प्रोजेक्ट्मा मिसन रिबुल्ड नेपालले सहकार्य गर्ने छ सस्थाहरु, फ्रान्स स्थित भेण्डर, कार्गो कम्पनि र सरकारी निकायसंग समन्वय गर्ने जिम्मा लिएका कारण यस प्रकृयामा गरिएका पहल र व्यहोर्नु परेको ब्यबधानका बारेमा र सस्था/समूह प्रति चर्चा गरिएका बिषयहरुमा सर्वसाधारणलाई जानकारी गराउनु आवस्यक छ। 

स्मरण रहोस , अमेरिका नेपाल मेडिकल फाउन्डेसन (ANMF) ले नेपालका लागि मेडिकल सेक्टरमा थेरै राम्रा कामहरु गर्दै निरन्तर सहयोग प्रदान गर्दै आएको छ। यस पूर्व गत बर्ष ANMF ले कोशी अस्पतालमा अक्सिजन प्लान्ट लगायात नेपालका अन्य अस्पतालहरुमा मेडिकल सपोर्ट प्रदान गरेर देखाएको छ। यस सस्थाले अझै नेपाल र नेपालीको हितमा निरन्तर कार्य गर्दै रहेको यसका गतिविधिहरुबाट प्रष्ट देखिन्छ। हेर्नुहोस ANMF को वेबसाईट। 

तथापी, अक्सिजन प्लान्ट प्रकरणमा भर्जिनियावासीले ५० हजार डलर सहयोग दिएको रकमका बारेमा सत्य तथ्य सम्बन्धित पक्षले सर्वसाधारणलाई जानकारी गराई दाताहरुलाई आस्वस्त पार्दै बैकल्पिक उपायहरुको खोजी गर्न आवस्यक छ।    

नेपालको अस्थिर राजनिति र सरकार परिवर्तन संगै हुने नीतिगत परिवर्तन , राजनितिक स्वार्थ अनि प्रशासनमा गाजिएको चरम भष्ट्राचारले जनतामा निराशा छाएको बेला अक्सिजन प्लान्ट प्रकरण समेत प्रभावित भएको छ। नेपाल सरकारले अझै सम्म पनि हवाई कार्गोको ब्यबस्था नगरेकाले जनताको सहयोगको अबमुल्यन भएको छ। आगामी दिनमा नेपालमा आपत र विपतका समय सहयोग उठाउने र दिने दुवै पक्ष सजग हुने अवस्था सृजना भएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img