Friday, March 6, 2026
53.4 F
Washington DC.

लोकप्रिय साहित्यकार तारानाथ शर्माको निधन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

झर्रोवादी आन्दोलनका सस्थापक, लोकप्रिय साहित्यकार तथा लेखक  प्राध्यापक डा. तारानाथ शर्मा (ताना शर्मा) को ८७ बर्षको उमेरमा मंगलबार विहान निधन भएको छ ।

विस १९९९ असार ९ गते इलामको बरबोटेमा जन्मेका शर्मा नेपाली साहित्यमा नियात्रा विधाका संस्थापक, निबन्धकार, काथाकार, उपन्यासकार, समालोचकका रुपमा परिचित छन् ।

अंग्रेजी भाषमा विद्यावारिधी गरेका शर्माका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका एक सस्थापक समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।

ताना शर्माले ‘बेलाइततिर बरालिँदा निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए ।

संस्कृत शिक्षाबाट पठन सुरु गरेका ताना शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बालकृष्ण पोखरेल, कोषराज रेग्मी , बल्लभमणि दाहाल तथा चूडामणि रेग्मीसँग मिलेर नेपाली साहित्यको विकाश र विस्तारकालागि झर्रोवादी आन्दोलनको शुरुवात गरेका थिए। विस २०१३ को नौलो पाईलो पत्रिकाले बनारसबाट बैशाखको अंकदेखि झर्रोवाद आरम्भ गरेको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img