झर्रोवादी आन्दोलनका सस्थापक, लोकप्रिय साहित्यकार तथा लेखक प्राध्यापक डा. तारानाथ शर्मा (ताना शर्मा) को ८७ बर्षको उमेरमा मंगलबार विहान निधन भएको छ ।
विस १९९९ असार ९ गते इलामको बरबोटेमा जन्मेका शर्मा नेपाली साहित्यमा नियात्रा विधाका संस्थापक, निबन्धकार, काथाकार, उपन्यासकार, समालोचकका रुपमा परिचित छन् ।
अंग्रेजी भाषमा विद्यावारिधी गरेका शर्माका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका एक सस्थापक समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।
ताना शर्माले ‘बेलाइततिर बरालिँदा निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए ।
संस्कृत शिक्षाबाट पठन सुरु गरेका ताना शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बालकृष्ण पोखरेल, कोषराज रेग्मी , बल्लभमणि दाहाल तथा चूडामणि रेग्मीसँग मिलेर नेपाली साहित्यको विकाश र विस्तारकालागि झर्रोवादी आन्दोलनको शुरुवात गरेका थिए। विस २०१३ को नौलो पाईलो पत्रिकाले बनारसबाट बैशाखको अंकदेखि झर्रोवाद आरम्भ गरेको थियो।

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया