Tuesday, April 8, 2025
44.3 F
Washington DC.

राष्ट्रब्यापी कविता तथा निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट विहिवार जारि सूचना अनुसार राष्ट्रव्यापी कविता प्रतियोगितामा तेज राई (खोटाङ्ग)  प्रथम भएका छन् भने निबन्धमा गोबिन्दगोपाल खतिवडा (तनहुँ) प्रथम भएका छन।

७२ रौँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘ राष्ट्रब्यापी कविता तथा निबन्ध प्रतियोगिताको आयोजना गरेको हो। 

प्रतियोगिताका लागि कविता तथा निबन्धमा राष्ट्रिय भावना र लोकतान्त्रिक चेतना प्रतिविम्वन हुनु पर्ने भनि सूचना जारि गरिएको थियो ।

निबन्धतर्फ रेजिना आपगाई  द्वितीय र गणेश दंगाल  तृतीय भएका छन् । कवितातर्फ बासुदेव  पाण्डेय ‘प्रभाकर’  द्वितीय र सविता बराल तृतीय भएका छन् ।

कविता र निबन्ध दुवै विधामा छनौट भएका प्रतिभाहरुलाई आउदो फागुन ६ गते ‘पुरस्कार अर्पण तथा  साहित्यिक कार्यक्रम’ मार्फत पुरस्कार र प्रमाण-पत्र प्रदान गरिने व्यहोरा नेपाल प्रज्ञा–प्रतिष्ठानले जानकारी गराएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सोमबार सेयर बजार: डाउ जोन्समा भारी गिरावटमा, तर टेक कम्पनीहरू केही हरियालीमा; चीनसँग व्यापार तनावसम्बन्धी हल्लाले लगानीकर्ता त्रसित

सोमबारको अमेरिकी सेयर बजार मिश्रित ट्रेन्डमा बन्द भएको छ। Dow Jones र S&P 500 जस्ता प्रमुख सूचकांकहरूमा उल्लेख्य गिरावट...

अन्य समाचार

- Advertisement -spot_img