Sunday, May 18, 2025
76.1 F
Washington DC.

नेपाल आइसीसी टी–२० क्रिकेट विश्वकपको सेमिफाइनलमा, क्यानडा ८ विकेटले पराजित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको समूहको अन्तिम खेलमा क्यानडालाई हराउँदै  नेपाल आइसीसी टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। 

क्यानडालाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो। 

क्यानडालाई हराएसँगै नेपाल ग्लोबल छनोटमा समूह बीको विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। नेपाल ३ खेलबाट ६ अंक जोड्दै समूहको शीर्षमा रह्यो। यूएई समूह बीको उपविजेता बनेको छ।

क्यानडाले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो। 

नेपालका लागि कुशल भुर्तेलले ३४ तथा दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए। दुवै नटआउट रहे। यस्तै ​आसिफ सेखले १७ रन बनाए। उनले १६ बलमा एक चौका र एक छक्का प्रहार गरे। 

कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। ४ ओभरमा उनले १२ रनमात्रै खर्चे। यस्तै अविनास बोहरा र कमलसिंह ऐरीले समान २-२ विकेट लिए। 

नेपालले मंगलबार यूएईको सामना गर्नेछ। यूएईविरुद्ध जित हात पार्न सकेको खण्डमा नेपाल यसवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। 

अर्को सेमिफाइनलमा मंगलबार नै आयरल्याण्ड र ओमान भिड्नेछन्। ओमानले समूह बीको उपविजेता र आयरल्याण्डले समूह ए को विजेता बन्दै एकअर्कासँगको भेट पक्का गरेका हुन्।

दुबै सेमिफाइनलका विजेताहरु विश्वकपमा छनोट हुनेछन्। 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img