Friday, March 6, 2026
53.4 F
Washington DC.

चरम विवादका विच एमसीसी संसदबाट अनुमोदन 

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आज बसेको दोश्रो चरणको प्रतिनिधि सभाको बैठकले चरम विवादमा रहेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सँग भएको सम्झौतालाई १२ बुंदे ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ।

गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा निणयार्थ पेश गरेका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरुले एमसीसीको पक्षमा “हुन्छ” भनि ध्वनि मत प्रकट गरेका थिए । राष्ट्रिय जनमोर्चा, राप्रपा, नेमकिपा लगायतका दलले भने विपक्षमा ”हुदैन” भन्दै ध्वनि मत दिएका थिए।

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसदमा निरन्तर नाराबाजी गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो मांग र अडान जारी राख्दै वेल घेराउमै रहेको थियो।

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सँग भएको सम्झौतालाई १२ बुंदे ‘व्याख्यात्मक टिप्पणी’सहित नेपाल सरकारबाट अनुमोदित सम्झौतालाई अमेरिकाले सहमति दिएमा एमसीसी लागू हुनेछ, अन्यथा यो परियोजना नेपालले गुमाउने छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img