spot_img
Saturday, September 21, 2024
81.2 F
Washington DC.
spot_img

रुसद्वारा प्रेसविरुद्ध १ सय ४८ आपराधिक घटना 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसले युक्रेनविरुद्घ युद्घ शुरू गरेको एक महिनाको अवधिमा पाँच जना पत्रकारको हत्या भएको छ । यस क्रममा एक सञ्चारकर्मीलाई बेपत्ता पारिएको छ भने साथै ६ जनाको अपहरण भएको छ । यो अवधिभरमा ७० क्षेत्रीय सञ्चारमाध्यमलाई समेत बलपूर्वक बन्द गराइएको छ ।

‘इन्स्टिच्युट अफ मास इन्फर्मेसन’ (आईएमआई)का अनुसार फेब्रुअरी २४ मा युक्रेनविरुद्ध युद्ध शुरू गरेपछि रुसका तर्फबाट मार्च २३ सम्ममा युक्रेनका पत्रकार र सञ्चारमाध्यम विरुद्ध १ सय ४८ आपराधिक घटना भएको छ । आईएमआईले युक्रेनका सबै क्षेत्रमा गरेको अनुगमनपछि त्यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

आफ्नो व्यावसायिक जिम्मेवारी निभाउने क्रममा मार्च २४ सम्ममा रुसी सेनाको तर्फबाट पाँचजना पत्रकारको हत्या भएको थियो भने १ जना बेपत्ता पारिएका र ७ जना घाइते भएका थिए । आईएमआईले रुसी फौजले कम्तीमा ७ जना युक्रेनी पत्रकारलाई बन्दी बनाई यातना दिइएको दाबी गरेको छ ।

हतियारधारी रुसी सेनाले १० वटा टेलिभिजन टावरमा आक्रमण गरेर युक्रेनका ८ क्षेत्रमा टेलिभिजन र रेडियो प्रसारणमा अस्थायी र स्थायी अवरोध ल्याएका छन् । त्यस्तै रुसी आक्रमणकारीबाट भएको खतरासमाचारकक्षमाथि भएको कब्जाछपाइ र वितरणमा असहजता भएका कारण युक्रेनमा कम्तिमा ७० वटा क्षेत्रीय सञ्चारमाध्यम बन्द भइसकेका छन् ।

रुसले युक्रेनमाथि हमला शुरू गरेको एक महिनामा युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा ‘लाइभ टिभी’ का क्यामेरम्यान येभेन साकुन,‘द न्युयोर्क टाइम्स’ का पूर्वसंवाददाता ब्रेन्ट रेनौड‘फक्स न्युज’ का क्यामराम्यान पियरे जाकज्युस्कीयुक्रेनी निर्माता एवम पत्रकार ओलेक्सान्ड्रा कुभ्सिनोभा र रुसको ‘द इनसाइडर’ का लागि कार्यरत पत्रकार ओक्सिना बाउलिना गरी ५ पत्रकारले ज्यान गुमाएका छन् ।

समाचार संकलनका क्रममा बाहेक पनि ३ अन्य पत्रकारले रुसी हमलामा ज्यान गुमाएको आईएमआईले जनाएको छ । त्यस्तै युक्रेनको किभसुमी र माइकोलाइभ क्षेत्रमा समेत रुसी आक्रमणमा परेर ७ पत्रकार घाइते भएका छन् ।

आईएमआईले कम्तिमा पनि रुसी हमलामा ६ जना पत्रकारहरूको अपहरण भएको बताएको छ । यीमध्ये ४ घटना मेलिटोपोलजपोरिज्का ओब्लास्ट र नोभा कखोभ्कालगायत अस्थायी रूपमा रुसी कब्जामा रहेका क्षेत्रहरूमा भएका थिए । जपोरिज्का क्षेत्रमा पत्रकार भिक्टोरिया रोसचायनालाई रुसी जासुसी संस्था ‘एफएसबी’ ले बन्दी बनाएको थियो ।

रुसी सेनाले विभिन्न आठ क्षेत्रका १० टिभी टावरमा हमला गर्नुका साथै केही टिभी च्यानलहरू कब्जा गरी तिनमा रुसी च्यानल देखाइएको थियो । साथै युद्धको रिपोर्टिङ गरिरहेका युक्रेनका अनलाइन मिडिया र गैरसरकारी वेबसाइटमा साइबर आक्रमण भएको आईएमआईको रिर्पोटमा उल्लेख छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img