Saturday, July 25, 2026
82 F
Washington DC.

साडी वितरणको सार्वजनिक सूचना : चुनावी आचारसंहिताको उल्लंघन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

निर्वाचनलाई प्रभावित पार्दै मातातिर्थ,, काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले सार्वजनिक सूचना जारि गर्दै महिलाहरुलाई साडी बाडने अनौठो अभियानलाई निर्वाचन कार्यालयले निरुत्साहित गरेको छ ।

चुनावी आचारसंहिताको ठाडो उल्लंघन गर्दै चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ ले महिलाहरूलाई साडी वितरण गर्ने सार्वजनिक कार्यक्रम नै राख्यो। साडी पाउ भनी दिदि बहिनीहरुले आवेदन दिएकाले आज शनिवारका दिन साडी बुझिलिन वडा नम्बर ८ मा आउन वडाअध्यक्ष सन्तोष खड्काले आग्रह गर्दै सार्वजनिक सूचना जारि गरेका थिए।

यसरी चुनावी आचारसंहिता उल्लंघन गर्दै वडा कार्यालयले महिलाहरूलाई साडी वितरण गर्न लागेको सुचना प्राप्त भए पछि निर्वाचन अधिकृतको कार्यालयले प्रहरी परिचालन गरी सो कार्यलाई निरुत्साहित गरेको छ ।

शनिबार (आज) दिउँसो २ बजेका लागि वडाअध्यक्ष सन्तोष खड्काले महिलाहरूलाई साडी बाँड्ने कार्यक्रम राखेका थिए।वडा कार्यालयले शुक्रबार सूचना सार्वजनिक गर्दै शनिबार महिलाहरूलाई साडी लिनका लागि बोलाएपछि निर्वाचन कार्यालयले उक्त कार्यक्रम रोक्न प्रहरी पठाइएको निर्वाचन अधिकृत सिर्जना थपलियाले संचारमाध्यम लाई जानकारी दिएकी छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img