spot_img
Saturday, September 21, 2024
67.3 F
Washington DC.
spot_img

३४ वटा स्थानीय तहका वडा कार्यालयमा मात्र इन्टरनेट जडान गर्न बाँकी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल दूर सञ्चार प्राधिकरणले २०७९ चैत मसान्तसम्ममा देशको स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने काम ९७.७९ प्रतिशत सम्पन्न भएको जनाएको छ। दूरसञ्चार प्राधिकरणका अनुसार ३४ वटा स्थानीय तहका वडा कार्यालयमा मात्रै इन्टरनेट जडान गर्न बाँकी रहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी देशका सबै स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिरहेको छ। यसका लागि प्राधिकरणले ब्रोण्ड ब्याण्ड इन्टरनेट विस्तार परियोजनालाई १८ वटा प्याकेजमा विभाजन गरेको थियो।

ब्रोडब्याण्ड के हो ?

हाइस्पिड इन्टरनेट प्रवाह गर्न सक्ने प्रविधिलाई ब्रोडब्याण्ड भनिन्छ। इन्टरनेट प्रवाह गर्ने विभिन्न प्रविधिहरू मध्ये यसलाई भरपर्दो सेवा मानिन्छ किनभने यसले उच्च गतिमा सहजतापूर्वक डाटा ट्रान्समिसन गर्न सक्छ। यसबाट भिडियो कन्फरेन्सिङ गर्न आवश्यक उच्च गुणस्तरको इन्टरनेट सेवा प्राप्त गर्न सकिन्छ।

विशेष गरी स्वास्थ्यक्षेत्रका विद्युतीय अभिलेखहरू प्रयोग गर्न रुचाउने ग्रामीण स्वास्थ्य सेवा प्रदायकहरूका लागि ब्रोडब्याण्ड सर्भिस महत्वपूर्ण र उपयोगी छ। किनभने स्वास्थ्य सूचना प्रविधिका टेलिहेल्थ र स्वास्थ्य सेवासम्बन्धी सूचना आदानप्रदान गर्न ब्रोडब्याण्ड क्षमता आवश्यक पर्नेगर्छ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरि इन्टरनेट सेवा विस्तार गर्न सूचना महामार्ग नाम दिइएको महत्वाकांक्षी योजना सार्वजनिक गरेको थियो। सो योजना अन्तर्गत देशैभरि अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकम, स्मार्ट टेलिकम र युटिएललाई ठेक्का दिएको थियो। यस योजना अन्तर्गत हालसम्म १३ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइसकेको जानकारी प्राधिकरणले दिएको छ। अहिलेसम्म फाइबर बिछ्याइएका स्थानहरुमा इन्टरनेट सेवा प्रवाह गर्न आवश्यक अन्य उपकरणहरु पनि जडान गरिसकिएको जानकारी पनि प्राधिकरणले दिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img