spot_img
Sunday, September 22, 2024
70.7 F
Washington DC.
spot_img

नेपालले जित्यो जिम्बावे ‘ए’ संगको एकदिवसीय सिरिज

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जिम्बावे ‘ए’ विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा सोमबार भएको तेस्रो तथा सिरिजको निर्णायक खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हराउदै सिरिज २–१ ले जितेको हो ।

यसअघि पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा जिम्बावेलाई नौ विकेटले पराजित गरेको थियो । 

सोमबार वर्षाका कारण खेल ३३ ओभरमा झारिएको थियो। ३३ ओभरमा झारिएको खेलमा जिम्बावेले दिएको दुई सय १४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । नेपाल तर्फबाट कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । दिपेन्द्रसिंह ऐरीले अविजित रहँदै ६० रनको अर्धशतकीय इनिङ खेले । आसिफ शेखले २९, विनोद भण्डारीले अविजित २८ र सुनिल धमलाले ६ रन बटुलेका थिए । रोहित पौडेल सुन्य रनमा आउट भए ।

बलिङमा जिम्बावेका ब्राण्डन माभुताले तीन विकेट लिएका थिए । ब्राड इभान्सले अर्को विकेट लिएका थिए । 

जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कुड्जाई मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, लुक जोग्वीले १९, सेफासले १६ र इनोसेन्ट कियाले १२ रन बटुलेका थिए । 

बलिङमा नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिएका थिए । सोमपाल कामीले दुई तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बावेसँग सिरिज खेलेको हो । 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img