Friday, March 6, 2026
62.1 F
Washington DC.

कोरोनाले रोकिएका २८१ विद्यार्थीलाई चीन पठाइने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाल सरकारले कोरोना महामारीका कारण चीन जान नपाई नेपालमै रोकिएका विद्यार्थीलाई चीन पठाउने प्रक्रिया अगाडि बढाएको छ । यसअघि कोरोना महामारीका कारण चीनबाट नेपाल फर्किएका विद्यार्थीहरु लकडाउनले गर्दा चीन जान नपाई नेपालमै रोकिएका थिए ।

सन् २०२० मै नेपाल आएका २८१ विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन पठाउने प्रक्रिया सुरु गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. कमल पोखरेलले संचारमाध्यमलाई जानकारी दिएका हुन । मन्त्रालयले यसअघिनै स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई उनीहरुको अध्ययनमा निरन्तरता दिन भिसा प्रक्रियाका लागि समेत निवेदन दिन भनेको थियो ।

सरकारले निवेदनकै आधारमा स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई चीन पठाउने छ । सरकारको निर्णयले दुई बर्षदेखि रोकिएका विद्यार्थीलाई राहत मिलेको छ । चीनको वुहानमा कोभिड–१९ सुरु भएपछि नेपाल सरकारले पहिलो चरणमा १७५ नेपाली विद्यार्थीलाई उद्दार गरी नेपाल ल्याएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img