Tuesday, April 8, 2025
43.6 F
Washington DC.

काठमाडौंको फोहोर मंगलबारदेखि उठाइने- यस्तो छ सहमति

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौंमा गत जेष्ठ १६ गते देखि थुप्रिएको फोहोर मंगलबार बिहानबाट सिसडोल/बन्चरेडाँडा मा लैजान सहमति भएको छ।

सोमबार सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल/बन्चरेडाँडा लैजान दिने लिखित सहमति भएको हो। उक्त बार्तामा सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहमतिपत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट हस्ताक्षर गरिएको छ ।

लिखित सहमतिमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा जग्गाको मूल्यांकन गरी अधिग्रहण प्रक्रिया सुरु गर्ने , प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने, धुनिबेसी नगरपालिकाको १, ३ र ४ तथा ककनीको १,२ र ३ नम्बर वडाका स्थायी बासिन्दाको स्वास्थ्य बीमा बोर्डबाट दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने, यस क्षेत्रमा विगतबाट उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, काठमाडौं महानगरपालिकाले १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने सहमति भएको छ ।

काठमाडौं महानगरपालिकाले असार मसान्तपछि स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने प्रतिवद्धता गरेको छ । त्यतिन्जेलसम्म महानगरमा हाल थुप्रिएका फोहोर लगेर फालेपछि माटोले उचित तरिकाले पुर्ने प्रतिवद्धता पनि महानगरपालिको जनाएको छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिकाले साउन १ देखि फोहोर श्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता पनि गरेको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको डम्पिङसाइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्न पनि महानगरपालिका सहमत भएको छ ।

यस्तो छ सहमति

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सोमबार सेयर बजार: डाउ जोन्समा भारी गिरावटमा, तर टेक कम्पनीहरू केही हरियालीमा; चीनसँग व्यापार तनावसम्बन्धी हल्लाले लगानीकर्ता त्रसित

सोमबारको अमेरिकी सेयर बजार मिश्रित ट्रेन्डमा बन्द भएको छ। Dow Jones र S&P 500 जस्ता प्रमुख सूचकांकहरूमा उल्लेख्य गिरावट...

अन्य समाचार

- Advertisement -spot_img