spot_img
Sunday, September 22, 2024
73.5 F
Washington DC.
spot_img

‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को मूल उदेश्यसहित मेयर बालेन्द्रको नीति तथा कार्यक्रम सार्वजनिक

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मेयर बालेन्द्र शाहले काठमाण्डौ लाई “सांस्कृतिक सहर, समृद्ध महानगर” निर्माणको मुख्य उद्देश्य सहित आइतबार आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

शाहले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा जनतासँग ‘मेयर’देखि, अग्र्यानिक कृषि, सवारी साधनको व्यवस्थापन एवम् सांस्कृति, जात्रा, पर्वलाई अन्तर्राष्ट्रिय समुदायमा पहिचान वृद्धि गर्ने लगायतका विभिन्न योजना रहेका छन्।

नीति तथा कार्यक्रममा घरजग्गा बहालमा लिने, दिने सम्बन्धमा कम्पनीमार्फत् कारोबारेको व्यवस्था मिलाइने उल्लेख गरिएको छ।

महानगरको नीति तथा कार्यक्रममा राजस्व तथा वित्त व्यवस्था सम्बन्धी नीति अन्तर्गत महानगर क्षेत्रभित्रका घरजग्गा लेनदेनका लागि आवश्यक प्रबन्ध मिलाइने जनाइएको छ।

करदाताको विद्युतीय लागतका लागि महानगरको छुट्टै एप बनाइ विश्व विद्यालयसँगको सहकार्यमा विवरण संकलन गरिने योजना रहेको छ। कर तथा गैरकर स्थानीय राजस्वको अनुगमन गर्न विशेष टोली गठन गरी परिचालन गर्ने, कर संकलनको अनलाइन प्रणालीलाई थप व्यवस्थित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

तस्बिरः सुजन गुरुङ

यसैगरी, कर तथा गैरकरलाई करदाताको पहुँचमा वृद्धि गर्ने, बाह्य विज्ञापन गर्ने स्थान यकिन गरी तोकिएको स्थान र साइजमा विज्ञापन सामग्री राख्ने, राजस्व प्रशासनमा कार्य सम्पादनमा आधारित रही प्रोत्साहन प्रणाली लागू गर्ने जनाइएको छ।

महानगरपालिकाले स्रोतमै फोहोर वर्गीकरण गर्ने नीति लिएको छ । फोहोर वर्गीकरण गर्नेलाई विशेष सहुलियत दिने नीति महानगरले लिएको छ ।शाहले जिरो वेस्ट कार्यान्वयन गरिने बताए । यस्तै, उपयुक्त स्थानमा वेस्ट टू इनर्जी प्लान्टको पनि स्थापना गरिने बताए । महानगरपालिकाले प्रतिस्पर्धात्मक विधिमार्फत फोहोर स‌ंकलन तथा ढुवानीको कार्य गरिने नीति महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरी निर्माण गर्ने भएको छ । महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले सरकारी, निजी, सार्वजनिक स्थानमा रहेका खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने नीति लिइएको बताएका हुन् ।

यस्तै, अहिले बोरिङ हुँदै आएको स्थानमा रिभर्स बोरिङ गरिने पनि महानगरले नीति लिएको छ
पुरानो हिटी तथा पोखरीको पुनःस्थापना गरिने उनले बताए । वाग्मती र विष्णुमतिको किनारमा ढल प्रशोधन केन्द्र स्थापना गर्न अध्ययन गरिने मेयर शाहले बताए । यसका लागि जग्गा प्राप्तिको आवश्यक काम गरिने भएको छ ।

महानगरको नीति तथा कार्यक्रमको पूर्णपाठ

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img