spot_img
Sunday, September 22, 2024
69.3 F
Washington DC.
spot_img

महावीर पुन – यदि म प्रधानमन्त्री भएको भए पेट्रोलियम पदार्थको मुल्य यसरी मिलाउने थिएँ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चर्चित विकास अभियन्ता तथा ‘राष्ट्रिय आविश्कार केन्द्र’का अध्यक्ष महावीर पुनले पेट्रोलियम पदार्थको मूल्य घटाउने टिप्स दिएका छन्।

‘यदि म प्रधानमन्त्री भएको भए पेट्रोलियम पदार्थको मुल्य यसरी मिलाउने थिएँ ‘ भन्दै पुनले आफ्नो फेसबुक पेजमा पेट्रोलियम पदार्थको मूल्यको हिसाब प्रस्तुत गरेका छन्। उनले पेट्रोलियम पदार्थमा कायम गरिएको मूल्यमा राजश्व र मूल्य अभिवृद्धी कर बाहेक अरु मूल्य यथावत राख्य्दै जनतालाई राहत प्रदान गर्न सकिने बारेमा चर्चा गरेका छन्।

अभियन्ता पुनले लेखेका छन् :

पेट्रोलियम पदार्थको आयातमा लाग्ने सरकारी राजश्व र मुल्य अभिवृद्धी कर (मु.अ कर) मा प्रति लिटर ३० रुपैंया घटाएर प्रति लिटर पेट्रोलको मुल्य रु. १८५ र डिजेलको मुल्य रु. १७७ बनाउने थिएँ । यसो गर्दा आयल निगमलाइ पेट्रोलमा प्रति लिटर रु. २.४२ र डिजेलमा रु. १.०५ रुपैंया नाफा हुने थियो । अनि आयल निगम पनि डुब्ने थिएन । यसलाई नेपालीमा “सर्प पनि नमर्ने र लठ्ठी पनि नभाँचिने” भन्छन । अनि अंग्रेजीमा Win Win Situation पनि भन्छन। कुरा बुझ्न तलको तालिका हेर्नु होला । राजश्व र मु.अ. कर बाहेक अरु मुल्य केहि बदलेको छैन।

यस्तो प्राबधान अहिले संसारमा युक्रेन र रुसको लडाईले गर्दा भएको मुल्य बृद्धी नरोकिंदै सम्म लागु गरिनेछ। बिश्व बजारमा पेट्रोलियमको भाउ सामान्य नहुन्जेल सम्म यसरी नै मुल्य समायोजन गरिने छ । किन भने बिश्व बजारको मुल्य हामीले घटाउन सक्दैनौं । हामीले घटाउन सक्ने भनेको पेट्रोलियम पदार्थमा लाग्ने राजश्व र कर मात्र हो । यसो गर्दा जनताले थोरै भए पनि राहत पाउँने छन् र नेपाल आयल निगम पनि डुब्ने छैन । माननीय सभासदज्यूहरु ले यो प्रस्ताबलाई बहुमतले पारित गर्नु होला । अनि जनताले सरकारको खोइरो खन्ने छैनन् अथवा खोइरो खने पनि अलि कम खन्ने छन् । धेरैले जयजयकार पनि गर्ने छन् । धन्यबाद।

महावीर पुनको फेसबुक पेजबाट
समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img