Friday, April 11, 2025
46.4 F
Washington DC.

असहाय महिला “ठगु सुनार” को घर हस्तान्तरण

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रोल्पा नीवासी श्रमिक समुदाय (कथित दलित) की असहाय महिला ठगु सुनार लाई स्थानिय संघ सस्थाहरुले आवास/घर निर्माण गरिदिएका छन्। सुनार आफ्ना ६ जनाको परिवार सहित एक दशक सम्म अर्कैको घरको कोठामा आश्रय लिएर बस्दै आएकी थिइन् ।

देविस्थान युवा क्लब, सुनिलस्मृति-३, मिझिङ, रोल्पाको अगुवाई तथा नरबहादुर स्मृति ग्रामीण सेवा संस्था, सुनिलस्मृति-४, रोल्पाको सहकार्यमा सुनिलस्मृति-३, मिझिङ, रोल्पामा ठगु सुनारकालागि आवास/घर निर्माण गरि हस्तान्तरण गरिएको नरबहादुर स्मृति ग्रामीण सेवा संस्थाका दिपेश बिष्टले जानकारी गराएका छन्।

नेपाली रु ४ लाख ४४ हजार ८ सयको लागतमा निर्माण सम्पन्न ठगु सुनारको उक्त घर देश विदेशका नेपालीहरूको सहयोगबाट सम्पन्न भएको अभियन्ताहरुले जानकारी गराएका छन्।

घर निर्माण कार्यकालागि स्थानियहरुको उत्साहजनक श्रमदान रहेको अभियन्ताहरुले जानकारी गराएका छन्।

उनको घर निर्माण कार्यमा देश तथा विदेशमा रहेर आफ्नो गाँस काटेर नगद तथा जिन्सी सामान दिएर सहयोग गर्नुहुने सम्पूर्ण चन्दादाता तथा दानवीरहरुमा कार्यक्रमका अभियन्ताहरुले धन्यवाद एवं आभार व्यक्त गरेका छन्।

साथै, अमेरिकामा रहेर आर्थिक सहयोग संकलन गरेर पठाउनुका साथै घर निर्माण कार्यमा सल्लाह सुझाब प्रदान गर्नुहुने भुपनारायण घर्तीमगरप्रति सहयोगी अभियन्ताहरुले धन्यबाद व्यक्त गरेका छन्।

यसैगरी घर निर्माण कार्यको जिम्मा प्राप्त गरि कुशलता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुहुने क्लबका सदस्य हुकुमबहादुर घर्तीमगर , घरमा भौतिक रुपमा श्रम गर्ने सम्पूर्ण व्यक्तित्वहरु लगायत हस्तान्तरण कार्यक्रममा सहभागी सुनिलस्मृति गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दुर्गाबहादुर विष्टसहित वडा सदस्यद्वय रीतादेवी थापा र लालबहादुर विष्ट, चन्द्रप्रभा मा.वि., मिझिङका अध्यक्ष ठगेन्द्रप्रसाद के.सी, नेपाल रेडक्रस सोसाइटी सुलिचौर उपशाखाका सभापति जीवराज घर्ती, साविक मिझिङ गाविसका पूर्व उपाध्यक्ष विर्खबहादुर विष्ट, समाजसेवी तिलबहादुर ओली, नरबहादुर स्मृति ग्रामीण-सेवा संस्था र देविस्थान युवा क्लबका पदाधिकारी तथा सदस्यहरु सहित सम्पूर्ण प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न महानुभावहरुमा धन्यवाद तथा सम्मान व्यक्त गरिएको छ !

यसका अतितिक्त घर उद्घाटन समारोहमा भौतिक रुपमा सहभागी हुनुहुने सुनिलस्मृति गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष बागमती क्षेत्रीनी र सोही गाउँपालिका ३ नं. वडा कार्यालय, मिझिङका का.वा. वडा अध्यक्ष गिरबहादुर विष्टलाई पनि कार्यक्रमका अभियन्ताले धन्यवाद तथा सम्मान प्रकट गरेका छन् ।

रोल्पामा दुखी र असहायहरुकालागि स्थानिय अभियन्ताहरुले आवस्यकता अनुसार पटक पटक सहयोग गर्दै आएका छन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img