spot_img
Monday, September 23, 2024
67.7 F
Washington DC.
spot_img

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले तनावमा दक्षिण कोरिया, आणविक हतियार बन्द गरे ठूलो आर्थिक सहयोग दिने प्रस्ताव

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

उत्तर कोरियाले बुधबार बिहान दक्षिण प्योङगान प्रान्तको ओन्चेनबाट पश्चिम सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेपछि दक्षिण कोरिया तनावमा आएको छ । संचार माध्यमहरुका अनुसार हाल अमेरिका र दक्षिण कोरियाका सैन्य अधिकारीहरूले यी मिसाइलहरूको दायरा र शक्तिको बारेमा विस्तृत विश्लेषण गरिरहेका छन्। दक्षिण कोरियाले अहिले उत्तर कोरियासँग वार्ता गर्न आह्वान गरेको छ । दक्षिण कोरियाले पनि उत्तर कोरियालाई आणविक बम नष्ट गर्नका लागि ठूलो आर्थिक सहयोगको प्रस्ताव गरेको छ ।

आर्थिक सहयोग गर्न तयार छ
दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा बोल्दै उत्तर कोरियाले आणविक हतियार नष्ट गरेमा छिमेकी देशलाई चरणबद्ध रुपमा आर्थिक सहयोग गर्न तयार रहेको बताएका छन् । आफ्नो सम्बोधनमा युन सुक-योलले भने कि हाम्रो सरकारको आणविक कार्यक्रमलाई अगाडि बढाउने कुनै योजना छैन। बरु उनले थप कूटनीतिको लागि आह्वान गरे।

दुई देशबीचको संवाद राजनीतिक प्रदर्शन नहोस
द. कोरियाली राष्ट्रपतिले आफ्नो छिमेकी देशमा जबरजस्ती राजनीतिक परिवर्तन गर्न नचाहेको बताए । पत्रकार सम्मेलनमा राष्ट्रपतिले दक्षिण–उत्तरबीचको कुनै पनि वार्ता राजनीतिक प्रदर्शन नभई कोरियाली प्रायद्वीप र उत्तरपूर्वी एसियामा साँचो शान्ति स्थापनाका लागि हुनु पर्ने बताए । राष्ट्रपतिले भने कि हामीले उ. कोरियालाई पहिले आफ्ना सबै आणविक हतियारहरू नष्ट गर्नुपर्छ र हामी उ. कोरियालाई फेरि मद्दत गर्नेछौं भनेर भनेका छैनौं। यसका लागि हामी चरणबद्ध रूपमा काम गर्न सक्छौं।

उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन
तर, दक्षिण कोरियाको प्रस्तावमा उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यसअघि आफ्नो चुनावी अभियानका क्रममा युनले उत्तर कोरियासँग वार्ताको पहल पनि गरेका थिए । दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जाय इन र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको आणविक निशस्त्रीकरणका विषयमा किम जोङ उनसँग वार्ता गरेका थिए । यी नेताहरू बीचमा बैठक भएतापनी सन् २०१९ मा आणविक निशस्त्रीकरण वार्ता रोकिएको थियो र उत्तर कोरियाले आफ्नो आत्मरक्षाको व्यापार नगर्ने बताएको थियो।

उत्तर कोरियाको माग के हो?
उत्तर कोरियाले आफूमाथि लगाइएका आर्थिक र सैन्य प्रतिबन्धहरू पहिले खारेज गर्नुपर्छ, त्यसपछि आणविक हतियार अन्त्य गर्ने माग गरेको छ । तर, अमेरिकाले उत्तर कोरियाले आफ्नो आणविक हतियार हटाउने र भविष्यमा पनि त्यस्ता परीक्षण जारी राखेमा प्रतिबन्ध जारी रहने बताएको छ । यसअघि उत्तर कोरियाले पछिल्लो पटक जुलाई १० मा क्षेप्यास्त्र परीक्षण गरेको थियो । त्यसपछि उत्तर कोरियाले रकेट लन्चरबाट ठूलो प्रहार गरेको थियो। उत्तर कोरियाले पछिल्लो पटक जनवरीमा क्रुज मिसाइल परीक्षण गरेको थियो ।

उत्तर कोरिया परमाणु परीक्षणको तयारीमा
प्योङयाङले सन् २०१७ यता पहिलो पटक आणविक हतियार परीक्षण गर्ने तयारी गरिरहेको अनुमान गरिएको छ । दक्षिण कोरियासँग उत्तर कोरियाको आणविक हतियारहरूको सामना गर्ने कुनै स्पष्ट तरिका नभएको केही विज्ञहरूको भनाई रहेको छ । उत्तरको भर्खरको मिसाइल परीक्षण र आणविक घटनाक्रमले दक्षिण कोरियामा पनि आफ्नै लागि आणविक हतियारको माग बढिरहेको छ। केही दक्षिण कोरियालीहरूले १९९० को दशकमा खारेज गरिएका रणनीतिक अमेरिकी आणविक हतियारहरू पुन: सुरु गर्न आह्वान गरेका छन्।

विश्व शान्तिको लागि एनपीटी आवश्यक
यद्यपि, दक्षिण कोरियाली राष्ट्रपति युनले भनेका छन् कि उनी आणविक हतियारहरूको अप्रसार सम्बन्धी सन्धिप्रति प्रतिबद्ध छन् र दक्षिण कोरियाको लागि विस्तारित प्रतिरोध प्रवर्द्धन गर्न अमेरिकासँग काम गरिरहेको छ। राष्ट्रपतिले विश्व शान्तिका लागि एनपीटी अत्यन्तै महत्वपूर्ण र आवश्यक आधार भएको विश्वास व्यक्त गरेका छन् ।

(श्रोत :संचार एजेन्सी)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img