Friday, March 6, 2026
62.1 F
Washington DC.

चिनियाँ अदालतद्वारा अर्बपति सिआओलाई १३ वर्षको जेल सजाय

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चीनको सांघाइस्थित एक अदालतले चिनियाँ मूलका क्यानाडाली अर्बपति सियाओ जियानहुआलाई १३ वर्षको जेल सजाय सुनाएको छ र उनको टुमारो होल्डिङ्स कम्पनीलाई ८.१ बिलियन डलर (५५.०३ बिलियन युआन) जरिवाना गरेको छ।

सिआओ र उनको कम्पनी कम्पनीमाथि सार्वजनिक निक्षेपहरू गैरकानुनी रूपमा शोषण गर्ने, सम्पत्तिको हिनामिना तथा दुरुपयोग गर्ने र कोषको अवैध प्रयोग एवं घुसखोरीको आरोप लगाइएको छ ।

शुक्रबार उनीमाथि ८.१ मिलियन अमेरिकी डलर जरिवाना अदालतले सुनाएको हो । साथै उनले वित्तीय व्यवस्थापन सम्बन्धी कानुनको गम्भीर उल्लंघन गरेको र राज्यको वित्तीय सुरक्षामा चोट पुगेको अदालतको फैसलामा भनिएको छ।अदालतले सियाओलाई ६.५ मिलियन युआन (९५०,००० डलर) र टुमारो होल्डिङ्सलाई ५५ बिलियन युआन (८.१ बिलियन डलर) जरिवाना पनि गरेको छ ।

“टोमोरो होल्डिङ्स र सियाओ जियानहुआको आपराधिक कार्यले वित्तीय व्यवस्थापन आदेशलाई गम्भीर रूपमा क्षति पुर्याएको छ, देशको आर्थिक सुरक्षालाई गम्भीर रूपमा खतरामा पारेको छ, राज्यका कर्मचारीहरूको अखण्डतालाई गम्भीर रूपमा उल्लङ्घन गरेकोले कानून अनुसार कडा सजाय हुनुपर्छ,” अदालतले आदेशमा भनेको छ।

२००१ देखि २०२१ सम्म सिआओको कम्पनीले सरकारी अधिकारीहरूलाई ९९ दशमलब ८९ मिलियन अमेरिकी डलरभन्दा बढी रकम बराबरको सेयर, नगद तथा अन्य सम्पत्ति दिएका थियो। चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग पनि सम्बन्ध रहेका सिआओमाथि २०१७ मा छानबिन गरेपछि उनी सार्वजनिक रुपमा देखिएका थिएनन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img