spot_img
Monday, September 23, 2024
67.3 F
Washington DC.
spot_img

चिनियाँ अदालतद्वारा अर्बपति सिआओलाई १३ वर्षको जेल सजाय

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चीनको सांघाइस्थित एक अदालतले चिनियाँ मूलका क्यानाडाली अर्बपति सियाओ जियानहुआलाई १३ वर्षको जेल सजाय सुनाएको छ र उनको टुमारो होल्डिङ्स कम्पनीलाई ८.१ बिलियन डलर (५५.०३ बिलियन युआन) जरिवाना गरेको छ।

सिआओ र उनको कम्पनी कम्पनीमाथि सार्वजनिक निक्षेपहरू गैरकानुनी रूपमा शोषण गर्ने, सम्पत्तिको हिनामिना तथा दुरुपयोग गर्ने र कोषको अवैध प्रयोग एवं घुसखोरीको आरोप लगाइएको छ ।

शुक्रबार उनीमाथि ८.१ मिलियन अमेरिकी डलर जरिवाना अदालतले सुनाएको हो । साथै उनले वित्तीय व्यवस्थापन सम्बन्धी कानुनको गम्भीर उल्लंघन गरेको र राज्यको वित्तीय सुरक्षामा चोट पुगेको अदालतको फैसलामा भनिएको छ।अदालतले सियाओलाई ६.५ मिलियन युआन (९५०,००० डलर) र टुमारो होल्डिङ्सलाई ५५ बिलियन युआन (८.१ बिलियन डलर) जरिवाना पनि गरेको छ ।

“टोमोरो होल्डिङ्स र सियाओ जियानहुआको आपराधिक कार्यले वित्तीय व्यवस्थापन आदेशलाई गम्भीर रूपमा क्षति पुर्याएको छ, देशको आर्थिक सुरक्षालाई गम्भीर रूपमा खतरामा पारेको छ, राज्यका कर्मचारीहरूको अखण्डतालाई गम्भीर रूपमा उल्लङ्घन गरेकोले कानून अनुसार कडा सजाय हुनुपर्छ,” अदालतले आदेशमा भनेको छ।

२००१ देखि २०२१ सम्म सिआओको कम्पनीले सरकारी अधिकारीहरूलाई ९९ दशमलब ८९ मिलियन अमेरिकी डलरभन्दा बढी रकम बराबरको सेयर, नगद तथा अन्य सम्पत्ति दिएका थियो। चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग पनि सम्बन्ध रहेका सिआओमाथि २०१७ मा छानबिन गरेपछि उनी सार्वजनिक रुपमा देखिएका थिएनन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img