spot_img
Monday, September 23, 2024
67.3 F
Washington DC.
spot_img

कृष्ण जन्माष्टमी र यसको महिमा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आज भाद्र कृष्ण अष्टमीको दिन अर्थात् भगवान कृष्णको जन्म दिन । वैदिक सनातन धर्मावलम्बीले भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै प्रतेक बर्ष आजको दिन भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । कृष्ण जन्माष्टमीका दिन नेपाल सरकारले सार्वजनिक बिदा समेत दिने गर्दछ।

पुराणका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् । संस्कृतिविद्हरुका अनुसार मध्यकालमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले पाटनमा २१ गजुर भएको कृष्णमन्दिर बनाउएपछि नेपाल अधिराज्यमा कृष्ण प्रख्यात भएको मानिन्छ। मल्ल राजाहरुमा कला बनाउने प्रतियोगिता हुँदा राजा सिद्धिनरसिंह मल्लले ढुङ्गाको सुन्दर र ठूलो पाटनको कृष्ण मन्दिर बनाएको बताइन्छ ।

जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा भगवान कृष्णले जन्म लिनुभएको मानिन्छ ।

लिच्छविकालसम्म कृष्ण भक्तिको परम्पराको विकास भइसकेको मानिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णलाई पुज्ने गरिन्छ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रीसमेत भनिन्छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा भगवान कृष्णले जन्म लिनुभएको मानिन्छ ।

जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । भारतमासमेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् ।

कृष्ण अवतारको मुख्य दिन नै श्रीमद्भगवद्गीता हो । शास्त्रका अनुसार कृष्णले महाभारतको लडाइँको आरम्भमा अर्जुन मोहमा परेको बेलामा अर्जुनको त्यो मोह छुटाउनको लागि यो पृथ्वीमा चार वेद अठार पुराणको सार गीतामा प्रयोग गरिएको हो जसमा कर्मयोग, भक्तियोग र ज्ञानयोगको महिमा उपदेश गर्नुभएको छ । त्यही गीता ग्रन्थ नै हाम्रो हिन्दु समाजको धरोहर हो ।

शास्त्रमा कृष्ण भनेको काली र राधा भनेको शिव हो । यसरी राधाकृष्ण वा राधेश्यामको स्वरुप बनेको छ । संस्कृतिविद्का अनुसार नेपालका खसवामहरुले बालननाट्य गर्ने गर्छन् । बालनमा रामायण र महाभारतको कथा हुन्छ । तर, बालन भनेको भगवान कृष्णको बाललीला हो ।

यस्तै, गुरुङ मगर जातिले चरित्रनात्य मान्ने गर्छन् अर्थात् श्री कृष्णको चरित्र र थारुले जन्माष्टमीको व्रतलाई अष्टीमीकि व्रत भन्छन् । यसदिन थारु समुदायका महिलाहरुले आफ्नो घर पूजाकोठाको भित्तामा ढुङ्गा, माटो वा विभिन्न जडिबुटीको रंग भरेर सृष्टिको कथा लेख्ने गर्छन् ।

पूजा कोठाको भित्तामा समुन्द्र, भ्यागुता, चन्द्र, सूर्य, तारा, भगवान श्री कृष्णको लीला लेख्ने चलन छ । नेवार समुदाये यो दिन कृष्णको रथ बनाएर नगर परिक्रमा गरेर मनाउने गर्दछन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img