spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

युक्रेनी राष्ट्रपति जेलेन्स्की सवार गाडी दुर्घटनामा, सामान्य घाइते- प्रवक्ता

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेनी राष्ट्रपती भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार मोटरकेड किभ हुँदै जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिएका हुन । ‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र उनलाई पछ्याइरहेका गाडीहरूसँग ठोक्कियो’ प्रवक्ता सर्गी निकिफोरोभले संचारमाध्यमलाई जानकारी दिएका छन ।

‘राष्ट्रपतिसँगै आएका चिकित्सकहरूले यात्रुवाहक कारका चालकलाई आपतकालीन सहायता दिए र उनलाई एम्बुलेन्समा स्थानान्तरण गरे’ प्रवक्ताले जारी गरेको फेसबुक पोस्टमा उल्लेख छ । 

जेलेन्स्कीको जाँच गरिएको र गम्भीर चोट नलागेको बताइएको छ । दुर्घटनाबारे अनुसन्धान अधिकारीले छानविन गर्ने प्राप्त विवरणमा जनाइएको छ ।

यसैबीच, दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र हमला गरेको छ । हमलापछि उक्त क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रमा जान भनिएको छ । 

क्रिभी रिहको दुई वटा जिल्लाका झन्डै दुई दर्जन वस्ती जोखिममा परेको नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले जानकारी दिए । बाँध फुटेको ठाउँमा १०० क्युबिक मिटर प्रति सेकेन्ड (क्युसेक)को गतिमा पानी झरेको जनाइएको छ ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img