Friday, March 6, 2026
53.4 F
Washington DC.

नेपालको शानदार जित, भारतलाई हराउँदै पुग्यो फाइनलमा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

साफ वुमेन्स च्याम्पियनसिपअन्तर्गत नेपालले दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर फाइनलमा पुगेको छ। साफ च्याम्पियनसिपको इतिहासमा भारतमाथि नेपालको यो पहिलो जित हो । हालसम्म नेपालले भारतलाई हराएको यो सहित दोस्रो पटक हो । नेपालले पहिलो पटक सन् २०१९ को हिरो गोल्डकपमा पराजित गरेको थियो ।

दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलको रोमान्चक खेलमा भारतलाई हराएसंगै नेपाल साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनलमा बंगलादेशसंग भिडने छ। फाइनल खेल सोमबार हुनेछ र प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ ।

साफ वुमेन्स च्याम्पियनको इतिहासमा भारत फाइनलमा नपुगेको यो पहिलो हो । तर , नेपालले यो समेत पाँचौँ पटक फाइनल खेल्नेछ।

यस अगाडि भारत लिग चरणमा बंगलादेशसंग पनि पराजित भएको धियो । भारत यस अगाडिका सबै साफ वुमेन्स च्याम्पियनको विजेता हो ।

नेपाललाई फाइनलमा पुर्याउन खेलको ४५ औं मिनेटमा रश्मी घिसिङले निर्णयक गोल गरेकी थिईन ।उनले प्रिती राईले दिएको पासमा पेनाल्टी एरियाबाट प्रहार गरी गोलमा परिणत गरेकी थिइन्।

यस अघिको खेलमा बंगलादेशले भुटानलाई ८-० ले हराएर फाइनलमा पुगेको थियो । यो संगै बंगलादेश फाइनल पुगेको दोस्रो पटक हो। यस अघि सन् २०१६ मा बंगलादेश फाइनलमा पुगेको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img