Wednesday, April 9, 2025
52.2 F
Washington DC.

नेपालको शानदार जित, भारतलाई हराउँदै पुग्यो फाइनलमा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

साफ वुमेन्स च्याम्पियनसिपअन्तर्गत नेपालले दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर फाइनलमा पुगेको छ। साफ च्याम्पियनसिपको इतिहासमा भारतमाथि नेपालको यो पहिलो जित हो । हालसम्म नेपालले भारतलाई हराएको यो सहित दोस्रो पटक हो । नेपालले पहिलो पटक सन् २०१९ को हिरो गोल्डकपमा पराजित गरेको थियो ।

दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलको रोमान्चक खेलमा भारतलाई हराएसंगै नेपाल साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनलमा बंगलादेशसंग भिडने छ। फाइनल खेल सोमबार हुनेछ र प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ ।

साफ वुमेन्स च्याम्पियनको इतिहासमा भारत फाइनलमा नपुगेको यो पहिलो हो । तर , नेपालले यो समेत पाँचौँ पटक फाइनल खेल्नेछ।

यस अगाडि भारत लिग चरणमा बंगलादेशसंग पनि पराजित भएको धियो । भारत यस अगाडिका सबै साफ वुमेन्स च्याम्पियनको विजेता हो ।

नेपाललाई फाइनलमा पुर्याउन खेलको ४५ औं मिनेटमा रश्मी घिसिङले निर्णयक गोल गरेकी थिईन ।उनले प्रिती राईले दिएको पासमा पेनाल्टी एरियाबाट प्रहार गरी गोलमा परिणत गरेकी थिइन्।

यस अघिको खेलमा बंगलादेशले भुटानलाई ८-० ले हराएर फाइनलमा पुगेको थियो । यो संगै बंगलादेश फाइनल पुगेको दोस्रो पटक हो। यस अघि सन् २०१६ मा बंगलादेश फाइनलमा पुगेको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

७५ भन्दा बढी देशका लागि अमेरिकी ट्यारिफ ९० दिनका लागि स्थगन, चीनमाथि १२५% ट्यारिफ लगाइयो, वाल स्ट्रिट उकालो लाग्यो

वाशिङ्टन डी.सी. –राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लागिरहेको आयात ट्यारिफलाई ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका...

अन्य समाचार

- Advertisement -spot_img