Friday, March 6, 2026
53.4 F
Washington DC.

अस्ट्रेलियाले ट्युनेसियालाई १–० गोलले हरायो

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अष्ट्रेलियाले कतारमा जारी विश्वकप फुटबलमा पहिलो जित निकालेको छ ।  समूह ‘डी’ अन्तर्गत अल जनोब स्टेडियममा शनिबार भएको खेलमा अस्ट्रेलियाले ट्युनेसियालाई १–० गोलले हरायो ।

अस्ट्रेलियाको जितमा मिचेल डुकेले गोल गर्नुभयो । डुकेले २३औँ मिनेटमा क्रेट गुडविनको पामसा हेडमार्फत गरेको गोल अष्ट्रे्लियाको जितमा पर्याप्त बन्यो । दोस्रो हाफमा ट्युनिसियाले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

पहिलो जितसँगै तीन अङ्क बनाएको अष्ट्रेलिया समूहको दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको फ्रान्सको ३ अङ्क छ । यसअघि समूहको पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग ४–१ गोलले पराजित भएको थियो । ट्युनिसिया र डेनमार्कको एक एक अङ्क छ ।

पहिलो खेलमा ट्युनिसियाले डेनमार्कले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए । यस समूहको अर्को खेलमा आजै राति ९:४५ बजे फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img