spot_img
Tuesday, September 24, 2024
65.8 F
Washington DC.
spot_img

राउण्ड १६ मा नेदरल्याण्ड्सले अमेरिकालाई ३-१ ले हरायो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विश्वकप फुटबलमा आजबाट नकआउट खेल सुरु भएको छ । पहिलो प्रि-क्वार्टरफाइनलमा नेदरल्याण्ड्सले अमेरिकालाई ३-१ ले हराएको छ यो जितसँगै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यहाँ नेदरल्याण्ड्सले अर्जेन्टिना वा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछन् । सन् २०१४ पछि नेदरल्यान्ड्सको टोली क्वार्टरफाइनलमा पुगेको हो । २०१८ मा डच टिम छनोट हुन सकेको थिएन । सातौं पटक अन्तिम ८ मा पुगेको हो।

यो हार संगै अमेरिकी टोलीको सन् २००२ पछि अन्तिम ८ मा पुग्ने सपना चकनाचुर भएको छ । नेदरल्याण्ड्सको खेलमा मेम्फिस डेपेले पहिलो गोल गरेका थिए । उनले १० औं मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले हाफ टाइम अगावै डेली ब्लाइन्डको गोलले टोलीलाई २–० को अग्रता दिलाएका थिए । ७६औं मिनेटमा अमेरिकाका हाजी राइटले गोल गरे पनि पाँच मिनेटपछि डेनजेल डम्फ्रिजले नेदरल्यान्ड्सको अग्रता ३–१ मा बढाए ।

खेलमा अमेरिकी टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि उसका खेलाडीले गोल गर्न सकेनन् । अमेरिकाले गोलमा १७ प्रयास गरेको थियो। तीमध्ये आठ लक्ष्यमा रहे। पासिङ, पासिङ एक्युरेसी र नियन्त्रणमा अमेरिकी टोली पनि अगाडि थियो तर खेलको नतिजा उनीहरूको पक्षमा आएन। अमेरिकी खेलाडीले ५६९ पास बनाए । जबकि, नेदरल्याण्डले ४१५ बनायो। अमेरिकाको पासिङ एक्युरेसी ८२ प्रतिशत र नेदरल्यान्ड्सको ७६ प्रतिशत थियो। अमेरिकासँग ५९ र नेदरल्यान्ड्सको ४१ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img