spot_img
Friday, September 20, 2024
83.7 F
Washington DC.
spot_img

चितवनमा वर्षदिनमा दोब्बर बढ्यो अपराध

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चितवन जिल्लामा वर्षदिनको अन्तरालमा करिब दोब्बर हाराहारीमा मानवअधिकार उलंघनका अपराध बढेका छन्। जिल्लामा हत्या, बलात्कार, मानवबेचविखन, बालक अपहरण लगायतका अपराध करिब दोब्बरको संख्यामा बढेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनमा परेको अपराधजन्य घटनाहरूको विश्लेषण गरेर इन्सेक चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२२ मा २०२१ को तुलनामा दोब्बर संख्याले बढेको देखिएको हो।

तथ्यांक अनुसार सन् २०२१ म मानवअधिकार उलंघनसँग सम्बन्धित ९२ वटा घटना चितवनमा अभिलेख भएकोमा चालु वर्ष अर्थात् २०२२ को डिसेम्बर २५ सम्म बढेर १ सय ६१ वटा पुगेको छ। इन्सेक चितवनका संयोजक दीपेन्द्र अधिकारीका अनुसार यस वर्ष अघिल्लो वर्षभन्दा ६९ वटा अपराधका घटना थपिएका छन्।

अपराध पीडित बालिका बढी

गत बैशाख १९ गते चितवनमा आफ्नै बाबुले १३ वर्षको छोरीलाई जबरजस्ती करणी गरे। उनले बलात्कार गरेको थाहा पाएपछि आमाले श्रीमानको विरुद्ध गत जेठ १७ गते किटानी जाहेरी दिइन्। सो मुद्दामा जिल्ला अदालत चितवनले पीडक बाबुलाई २० वर्ष कैद हुने सजाय फैसला गरेको छ।

त्यसैगरि त्यसैगरि भरतपुर २९ का गोरे तामाङ भन्ने व्यक्तिले पनि १५ वर्षकी बालिकालाई बलात्कार गरेको जाहेरी प्रहरी हुँदै जिल्ला अदालतसम्म पुग्यो। उक्त मुद्धामा २९ वर्षका तामाङलाई जिल्ला अदालत चितवनले १० वर्ष कैद र ५ लाख जरिवाना सजाय फैसला गरेको छ।

यी त जिल्लामा बढेका प्रतिनिधि घटना मात्रै हुन्। जिल्ला प्रहरी कार्यालयकै तथ्यांकमा चितवनमा पछिल्लो समय बालिका पीडित हुने अपराधको संख्या बढ्दै गएको छ। गत वर्ष पुस १९ गतेदेखि यहि मंसिर मसान्तसम्मको प्रहरी तथ्यांक अनुसार चितवनमा बालिकामाथि ५१ वटा बलात्कारका घटना सार्वजनिक भएका छन्।

अघिल्लो वर्षको यहि समयमा २९ जना बालिका मात्रै बलात्कारमा परेका प्रहरी तथ्यांक छ। बलात्कार प्रयासमा पनि यही समयमा ५ जना बालिका पीडित छन् भने अघिल्लो वर्ष ३ जना बालिकाले प्रहरीमा जाहेरी दिएका थिए।

यौनजन्य हिंसामा बालिका पीडित हुने अवस्था बढ्दै गएको बाल यौन दुराचारका जाहेरीले पनि देखिएको छ।  गत वर्ष पुस १९ गतेदेखि यहि मंसिर मसान्तसम्मको प्रहरी तथ्यांकमा २३ जना बालिका बाल यौन दुराचारमा परेका छन्। अघिल्लो वर्ष यहि समयमा १८ जना मात्रै बाल यौन दुराचारका घटना प्रहरीमा परेको थियो। यस वर्ष एकजना बालक पनि यौन दुराचारमा पीडित भएका छन्।

यसवर्ष महिलामाथि हत्या पनि बढेको देखिन्छ। कुल ७ वटा हत्याका जाहेरीमा ४ जना महिलाको हत्या भएको देखिन्छ भने, तीनवटा हत्या त बलात्कारपछि भएको समेत खुलेको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी उपरीक्षक विजयराज पण्डित पछिल्लो समय प्रविधिजन्य कुराहरूको बढ्दो प्रयोग अपराध बढाउने कारकको रूपमा रहेको बताउनुहुन्छ। उहाँले नागरिकमा सचेतना आएको कारण पनि तत्काल न्यायीक प्रकृयामा आउँदा घटनाको तथ्यांक बढेको देखिएको बताउनुभयो।

२०७४ सालमा मुलुकी ऐनलाई विस्थापित गर्दै लागु भएको मुलुकी फौजदारी संहिताले बहुविवाह स्वत: खारेज हुने व्यवस्था गरेको छ। यद्यपि बहुविवाहका घटना भने अझ बढेको घटना रेकर्डमा देखिँदै आएको छ। प्रहरी तथ्यांकमा अघिल्लो वर्षभन्दा करिब तेब्बरको संख्यामा बहुविवाहको घटना बढेको देखिन्छ।

गत वर्ष पुस १९ गतेदेखि यहि मंसिर मसान्तसम्मको जिल्ला प्रहरी कार्यालयमा परेको तथ्यांकलाई विश्लेषण गरि अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले राखेको अभिलेख अनुसार चितवनमा २९ वटा बहुविवाहका घटना प्रहरीसम्म आइपुगेको छ। जबकी यो संख्या अघिल्लो वर्ष १० मात्रै थियो।

चितवनमा अपराधको प्रवृत्ति बढ्दै जानुको कारण विश्लेषण गर्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी भन्नुहुन्छ, ‘मानवीय सचेतना वृद्धिलाई स्थानीय तहले वेवास्ता गर्दा अपराध बढ्दै गएको हो।’

उहाँले स्थानीय सरकारको सडक लगायतका भौतिक निर्माण बाहेक अपराधजन्य घटना न्यूनिकरणका कार्यक्रममा शुन्य जस्तै गतिविधिका कारण पनि गाउँ तहसम्म अपराध घट्नुको सट्टा बढ्दै गएको दाबी गर्नुभयो।

श्रोत: प्रतिमा सिलवाल/आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img