Thursday, April 23, 2026
83.6 F
Washington DC.

दलाई लामाको जासुसी गरेको आशंकामा बोधगयामा चिनियाँ महिला पक्राउ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारत, बिहारको गया प्रहरीले बौद्ध धर्मगुरु दलाई लामाको जासुसी गरेको आशंकामा एक चिनिया महिलालाई पक्राउ गरेको छ। बौद्ध भिक्षुको लुगा लगाएकी चिनियाँ महिलालाई सोधपुछका लागि हिरासतमा लिइएको बिहार प्रहरीले जनाएको छ। शंकास्पद चिनियाँ महिला जासुसको उमेर ५० वर्षको हाराहारीमा रहेको बताइएको छ ।

बिहार प्रहरीले चिनियाँ जासुसलाई बोधगयाको कालचक्र मैदान बाहिरबाट पक्राउ गरेको हो । दलाई लामा यहाँ हरेक दिन प्रवचन दिन आउँछन्। बिहार प्रहरीका अनुसार संदिग्ध चिनियाँ महिलाको नाम मिस सोङ सियाओलान हो ।

भारतीय समाचार स्रोतका अनुसार ती महिला सन् २०१९ मा भारत आएकी थिइन् । त्यसपछि उनी चीन फर्किएकि थिइन् । उनी फेरि भारत आएर नेपाल गइन् । नेपालमा केही दिन बिताएपछि उनी बोधगया पुगिन् । संचार माध्यमका अनुसार उनीसँग गया नगर प्रहरीका एसपी अशोक प्रसादले सोधपुछ गरिरहेकोका छन् ।

यसअघि बिहार प्रहरीले शंकास्पद जासुस मानिने चिनियाँ महिलाको स्केच सार्वजनिक गरेको थियो । यसैबीच दलाई लामाको सुरक्षालाई लिएर बोधगयामा अलर्ट जारी गरिएको छ ।

दलाई लामा २२ डिसेम्बरमा बोधगया पुगेका थिए, जहाँ उनलाई हेर्न ठूलो भीड जम्मा भएको थियो। यहाँ उनले गर्भगृहमा विश्व शान्तिको लागि विशेष प्रार्थना गरेका थिए। त्यसपछि उनले बोधिवृक्षमुनि ध्यान गरेका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img