spot_img
Wednesday, September 25, 2024
64.1 F
Washington DC.
spot_img

मेक्सिकोको जेलमा भएको आक्रमणमा परी १९ जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मेक्सिकोको उत्तरपूर्वी सहर सिउडाड जुआरेजमा रहेको एक पेनटेन्शियरीमा सप्ताहन्तमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या १९ पुगेको छ। रक्षा सचिव लुइस क्रेसेन्सियो स्यान्डोभलले मृत्यु हुनेको सङ्ख्या १९ पुगेको बताएका हुन ।

स्यान्डोभलले पत्रकार सम्मेलनमा मृत्यु हुनेको सङ्ख्याको अद्यावधिक जानकारी दिँदै दश कैदी, सात गार्ड र दुईजना आक्रमणकारी मारिएको बताएका छन् ।

प्रारम्भमा चिहुआहुआ राज्यका अधिकारीहरूले १४ जनाको मृत्यु भएको र १३ जना घाइते भएको बताएका थिए।

सुरक्षा मन्त्री रोजा आइसेला रोड्रिग्वेजले कुख्यात आपराधिक नाइके अर्नेस्टो ‘एल नेटो’ पिनोन सहित २५ कैदीहरू भागेको पुष्टि गरेका छन् ।

रिपोर्टहरूका अनुसार, “एल नेटो” र अन्य कैदीहरूले कारागारमा विशेष सुबिधा प्राप्त गरेका थिए , जसमा टेलिभिजन र अन्य विलासिताहरूले फिट गरिएको “भीआईपी” कक्षहरू समावेश छन्।

अधिकारीहरूका अनुसार अपराधिक गिरोह लस मेक्सिकल्सका नाईके “एल नेटो” बस्ने कोठा भित्र आधा मिलियन डलर भन्दा बढी भेटिएको थियो ।

२८५ झोला क्रिस्टल मेथ, ३८ झोला कोकिन, ६८ झोला गाँजा, १.५ केजी हेरोइन र आठ थान फेन्टानिल चक्की सहित धेरै लागूऔषध पनि बरामद गरिएको छ ।

सशस्त्र सवारी साधन सहित हतियारधारीहरू आइतबार स्थानीय समय अनुसार बिहान ७ बजे कारागारमा आइपुगी गार्डहरूमाथि अचानक गोली प्रहार गरेका थिए । कारागारका अधिकारीहरुले सो कारागारमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरुले हमला गरेका अनुमान गरिएको बताएका छन्

कारागारमा भीडभाड भएको कारणले कारागार ब्रेक हुन पुगेको स्यान्डोभलले संचार माध्यमलाई बताएका छन्। कारागारबाट कैदीहरूलाई स्थानान्तरण गर्न अनुरोध गरिएको समेत उनले बताएका छन् ।

उनले फरार बन्दीहरुको खोजीका लागि नेशनल गार्डका ९० र सेनाका १२० जनालाई खटाइएको जानाकारी दिएका छन् ।

टेक्सासको एल पासोबाट सिमाना पारी स्थित सिउडाड जुआरेजमा हिंसा जारी रहेको र शहरलाई नियन्त्रण लिन खोजिरहेका आपराधिक समूहहरूले निरन्तर आक्रमण गरी रहेको बताइएको छ ।

गत वर्ष अगस्ट ११ मा, त्यही कारागारमा भएको दंगा सहरका सडकहरूमा फैलिएको थियो। अपराधीक समुहहरुले बन्दुक र मोलोटोभ ककटेल प्रयोग गरेर नागरिक र स्थानीय व्यवसायमा आक्रमण गरेका थिए।

आक्रमणमा एक चार वर्षीय बालक सहित ११ जनाको मृत्यु भएको थियो।

(एजेन्सीहरूबाट जानकारी सहित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img