Wednesday, April 9, 2025
49.9 F
Washington DC.

एक भारतीयले जिते ५३ वर्षको उमेरमा ‘मिस्टर वर्ल्ड’को उपाधि

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारत स्थित पञ्जाबको पटियाला सहरका कुनै समय बन्धक मजदुरका रूपमा काम गर्ने कुकु राम नाम गरेका सफाई कर्मचारी (स्वीपर) ले जे गरे त्यो सयौं मानिसहरूका लागि प्रेरणा बनेको छ । गरिबी, सरसफाई र अनेकौ समस्याहरुबाट बाहिर आएका कुकुरामले ५३ वर्षको उमेरमा ‘मिस्टर वर्ल्ड’को उपाधि जितेका छन् । गत डिसेम्बरमा थाइल्याण्डमा भएको ३९औँ अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ५० वर्षभन्दा बढी उमेर समूहमा दलित कुकु रामले स्वर्ण पदक जितेका हुन् । उनी पटियाला अदालतमा ९ हजार रुपैयाँमा स्वीपरको काम गर्छन् ।

कुकुको जीवन अत्यन्त गरिवीका साथ् बितेको थियो । उनले बाल्यकालदेखि नै कठिनाइको सामना गर्नुपरेको थियो । उनी यति गरिब परिवारका थिए कि उनले रु ३ हजारको पारिवारिक ऋण तिर्न पढाइ छाड्नुपरेको थियो । स्कुल छाडेर काम गर्न थाले । कुकुले पटियालाको एक डेरी मालिकसँग ६ वर्षसम्म बन्धक मजदुरको रूपमा काम गरेका थिए । त्यहा उनी बस्न र खान मात्र पाउथे । त्यहाबाट उनी भागेका थिए ।

बाँधिएको मजदुरीको जीवनबाट बाहिर आएर कुकुले जीविकोपार्जनका लागि रिक्सा चलाउनुपरेको थियो । दिनरात रिक्सा चलाएर थोरै कमाई गरेर परिवार पाल्ने गर्थे । नगरपालिकामा सफाइ कर्मचारीको अस्थायी जागिर पाएपछि कुकुले त्यहा काम गर्न थाले । उनले नगरपालिकामा १५ वर्षदेखि अस्थायी सफाई कर्मचारीका रुपमा काम गरेका थिए । अस्थायी कर्मचारीलाई स्थायी बनाउन ठूलो रकम घुस दिनु पर्ने र घुस दिन आफूसँग पैसा नभएकाले अस्थायी सफाई कर्मचारीको जागिर गुमाउनुपरेको कुकुले संचार माध्यमलाई बताएका छन् ।

कुकुरामले सफाई कर्मचारीको अस्थायी जागिर गुमाएपछि उनलाइ घर परिवार धान्न कठिन हुन थाल्यो। त्यसपछि उनी घरबाट २५ किलोमिटर टाढा राजपुराको अदालत परिसरमा जागिर खान पुगेका थिए । तर, उनले आफ्नो शारीरिक कसरत कहिल्यै छोडेनन् । उनको जीवन परिवर्तन भयो र उनी मिस्टर वर्ल्ड २०२२ बने।

तस्बिर : सामाजिक संजाल

गाईवस्तुको हेरचाह गर्ने र आमालाई गोबरको गुइठा छतमा पुर्‍याउन सहयोग गरेर आफ्नो शरीर निर्माणको यात्रा सुरु भएको कुकु बताउँछन् । समय बचाउनका लागि ठूला-ठूला जालीमा गोबर माटो भर्ने र वर्षौंसम्म बोक्न थालेपछि मांशपेशी बनाउन सफल भएको उनी बताउछन । डेरी मालिकहरूले पनि पौष्टिक खाना खुवाउने गरेको उनी स्मरण गर्दछन ।

कुकुले सन् १९९२ मा रिक्सा चलाएर दिनको ७० रुपैया पाउथे । उनी १६ वर्षको हुदा केसर पहलवानको अखाडामा सामेल भएको , तर महँगो शुल्कका कारण छोड्नु परेको स्मरण गर्दछन । केही अदालतका कर्मचारी र वकिलहरूले उनलाई थाइल्याण्डमा भएको विश्व च्याम्पियनसिपमा भाग लिन मद्दत गरेका थिए ।

(श्रोत: भिडियो अन्तरबार्ता )

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

अमेरिका प्रवेशका लागि यहूदीविरोधी सामाजिक सञ्जाल गतिविधिमा कडा निगरानी, DHS को नयाँ नीति लागू

अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (USCIS) ले आजदेखि आप्रवासीहरूको सामाजिक सञ्जालमा यहूदीविरोधी (एन्टि-सेमिटिक) गतिविधि र यहूदी व्यक्तिहरूमाथिको शारीरिक उत्पीडनलाई...

अन्य समाचार

- Advertisement -spot_img