Thursday, April 23, 2026
83.6 F
Washington DC.

रुसद्वारा युक्रेनको पूर्वमा सोलेदारलाई नियन्त्रणमा लिएको दाबी , कीभद्वारा मस्कोको दावीलाई अस्वीकार

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सोलेदारलाई बिहीबार साँझ आफ्नो सेनाले नियन्त्रणमा लिएको रुसले शुक्रबार दाबी गरेको छ। सोलेदार पूर्वी युक्रेनको नुन खानी सहर जुन मस्कोको आक्रमणमा लडाईको केन्द्र बनेको छ।

रुसको रक्षा मन्त्रालयले भनेको छ “जनवरी १२ को साँझ सोलेदार शहरको मुक्ति पूरा भएको थियो, जुन डोनेट्स्कमा सफल आक्रामक कार्यहरुको निरन्तरताको लागी महत्वपूर्ण छ”।

कीभले पूर्वी युक्रेनी सहर सोलेदारमा रुसको नियन्त्रण रहेको कुरा अस्वीकार गरेको छ। युक्रेनले भने भारी लडाई जारी रहेको जनाएको छ ।

युक्रेनी सशस्त्र बलको पूर्वी समूहका प्रवक्ता सर्गी चेरेभाटीले भनेका छन् , “सोलडरमा गम्भीर लडाइँ भइरहेको छ।” “युक्रेनको सशस्त्र सेनाले कठिन परिस्थितिमा स्थिति नियन्त्रणमा राखेको छ।”

सोलेदार पूर्वी युक्रेनको रणनीतिक सहर बखमुत नजिकै अवस्थित छ, यो एक ठूलो यातायात केन्द्र हो जहाँबाट युक्रेनी सेनाहरूलाई हतियार, सैन्य उपकरण र गोला बारुद आपूर्ति गरिन्छ।

बखमुतको नियन्त्रणका लागि केही महिनादेखि चर्को लडाइँ जारी छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img