spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

युक्रेनको राजधानी कीभ, खार्किभमा रुसी मिसाइल प्रहार; मानिसहरूलाई सेल्टरमा बस्न आग्रह

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेनको राजधानी कीभ र पूर्वी सहर खार्किभका महत्वपूर्ण पूर्वाधारमा शनिबार बिहान रुसी मिसाइल हमला भएको छ । अर्को क्षेत्रका गभर्नरले आगामी घण्टामा ठूलो मिसाइल आक्रमणको चेतावनी दिएका छन् ।

विस्फोटको आवाज सुनेपछि कीभमा हवाई आक्रमणको साइरन बजाइएको रोयटर्सले समाचारमा बताएको छ।
“डानोप्रोभस्कि जिल्लामा विस्फोटहरू। सबै एजेन्सीहरू घटनास्थलतर्फ जाँदैछन्। आफ्नो आश्रयस्थलहरूमा बस्नुहोस्!” कीभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राम मेसेजिङ एपमा लेखेका छन् ।

रुसले गत वर्ष फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो । द्वन्द्वको शुरुवाती केही महिनाहरूमा निरन्तर आक्रमण गरी क्षेत्र कब्जा गर्न प्रगति गरेता पनि रूसी सेनाहरू पछि हट्नुपरेको थियो र युक्रेनी सेनाहरूलाई क्षेत्र हस्तान्तरण गर्नु परेको थियो। त्यसपछि रुसले युक्रेनको पूर्वाधारमा मिसाइल आक्रमण गर्न थालेको छ ।

“महत्वपूर्ण पूर्वाधार सुविधाहरूमा मिसाइल आक्रमण। विवरणहरू जाँच भइरहेको छ,” राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले भनेका छन् ।

खार्किभका क्षेत्रीय गभर्नर ओलेग सिनेहुबोभले शनिबार बिहान रुसी सीमानजिकैको सहरमा दुईवटा एस – ३०० मिसाइल प्रहार भएको बताएका छन् । आक्रमणले क्षेत्रको खार्किभ र चुहुएभ जिल्लाका महत्वपूर्ण ऊर्जा पूर्वाधार र औद्योगिक सुविधाहरूमा क्षति पुगेको उनले संचार माध्यमलाई बताएका छन् ।

“हाम्रा आपतकालीन सेवा एकाइहरू र ऊर्जा कार्यकर्ताहरूले अवरोधहरु हटाउन र ऊर्जा आपूर्तिको साथ स्थितिलाई स्थिर बनाउन काम गरिरहेका छन्,” उनले भनेका छन् ।

“पूर्वाधार वस्तुमा प्रहार भएको तर महत्वपूर्ण विनाश र आगजनी नभएको । सबै बाह्य सेवाहरू घटनास्थलमा काम गरिरहेका छन्। त्यहाँ कुनै हताहत भएको छैन,” कीभ शहर सैन्य प्रशासनले टेलिग्राममा लेखेका छन् ।

कीभका मेयरका अनुसार किभको पश्चिममा होलोसिभस्की जिल्लाको गैर-आवासीय क्षेत्रमा खसेको मिसाइलको मलबेले २० वर्ग मिटर क्षेत्रफल भएको गोदाम भवनमा आगजानी भएको तर कसैलाई नोक्सानी नभएको जनाएका छन्।

त्यस्तै, डारनित्स्की जिल्लामा मिसाइल मलबेबाट दुई कारहरू प्रभावित भएका तर कोही घाइते नभएको उक्रेनी अधिकारीहरुले जनाएका छन् ।

(एजेन्सीहरूबाट जानकारी सहित)

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img